बुटवलमा टिपरकाे ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

बुटवलमा टिपरकाे ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
0 0
Read Time:50 Second

बुटवल । बुटवलको नेपालगन्ज रोडमा टिपरको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ।

बुटवलबाट पश्चिमतर्फ आउदै गरेको लु २ ख ३३३६ नम्बरको टिपरले सोही दिशातर्फ जाँदै गरेको लु १ प १५२८ नम्बरको मोटरसाइकललाई पछाडिबाट ठक्कर दिँदा मोटरसाइकल चालक रुपन्देही तिलोत्तमा नगरपालिका–१६ बस्ने ४६ वर्षका उमेश भण्डारीको मृत्यु भएको हो ।

टिपपरको ठक्करबाट गम्भीर घाइते उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डिएसपी विजयराज पण्डितले बताए । ठक्कर दिने टिपर र चालकलाई नियन्त्रणमा लिइएको पण्डितले बताए ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %