शंकरनगर खानेपानीमा बागी उम्मेदवार, कांग्रेस र एमालेमा रडाको

शंकरनगर खानेपानीमा बागी उम्मेदवार, कांग्रेस र एमालेमा रडाको
0 0
Read Time:3 Minute, 37 Second

बुटवल। शंकरनगर खानेपानीमा बागी उम्मेदवार, कांग्रेस र एमालेमा रडाको बुटवल, माघ २४ गते । शंकरनगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थामा विवाद उत्पन्न भएको छ ।

एमाले शंकरनगरका अधिकांश नेता कार्यकर्ता झबिन्द्रको पक्षमा देखिएपनि नगर अध्यक्षले अर्कोलाई सिफारिस गरेपछि एमालेमा विवाद उत्पन्न भएकोा छ । कांग्रेस, माओवादी र जनमुक्ति खानेपानी संस्थाका मतदाता पनि झविन्द्रको पक्षमा भएकाले जित निश्चित भएको भण्डारी पक्षको दाबी छ । भण्डारी यस अघिपनि अध्यक्ष भएको र खासै काम गर्न नसकको भन्दै कांगे्रस, एमालेबाटै बिरोध छ ।

मुख्यरुपमा कांस्रेस र एमालेले खोनेपानीमा भागबण्डा मिलाएर केही सदस्यमा जनमुक्ति पार्टीलाई मिसाएर अन्य राजनीतिक पार्टीलाई बाईपास गरेपछि यस अघि नै ठूलो विवाद थियो । गत पुस १८ गते सेक्ट सेक्टरबाट पार्षदको चुनाव भएको थियो । कांग्रेस र एमालेबीच आन्तरिक किचलोले झण्डै डेढ महिनापछि मात्रै चुनाव हुन लागेको हो । खानेपानीका उपभोक्ताहरुले प्रत्यक्ष चुनाव हुनुपर्ने माग गरेका छन् ।

पार्सदको चुनाबपछि लगत्तै अध्यक्षसहित पदाधिकारीको चुनाब हुनुपर्नेमा एमालेले अध्यक्ष टुंगाउन समस्या भएपछि लामो समय लागेको हो।एमाले नेता तथा सांसद बासुदेव घिमिरेको अगुवाईमा बसेको एमालेको समन्यन्त्रले यस अघिपनि अध्यक्ष भएका झविन्द्र भण्डारीलाई अध्यक्ष बनाउने निर्णय गरेको थियो । तर नगर अध्यक्ष मिनप्रसाद पोखरेलले झविन्द्रलाई दोहोराउन हुन्न भन्दै एमालेकै रुद्र श्रेष्ठलाई चुनाबको मुखमा उठाएपछि शंकरनगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थामा विवादले चर्को रुप लिएको हो ।

एमाले नगर अध्यक्ष मिनप्रसाद पोखरेलले कांगे्रसका नगर अध्यक्ष लगायतसंग एमालेको आधिकारिक अध्यक्षका उम्मेदवार रुद्र श्रेष्ठ भएकाले रुद्र श्रेष्ठलाई मत दिन भनेपछि कांगे्रसले पनि रुद्र श्रेष्ठलाई दिने संकेत देखिएपछि अहिले एमालेमा ठूलो रडाको मच्चिएको छ ।
यस अघि कांगे्रस र एमालले आपसी रुपमा भागबण्डा गरेर एमालेलाई अध्यक्ष र सचिव, कांगे्रसलाई उपाध्यक्ष र कोषाध्यक्ष पदमा भागबण्डाको सहमति गरेका थिए । अन्य केही पद जनमुक्ति पार्टीलाई दिएर एकलौटी गराउने दुई ठूला पार्टीमा भाग बण्डाको सहमति भएको थियो ।
दुई बजेबाट चुनाब शुरु गर्नका लागि अघिल्लो दिन नै समय निर्धारुण गरेपनि एक बजेर १९ मिटेट जांदासम्म निर्वाचनको तालिका सार्वजनिक गरिएको छैन ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %