हाटबजार व्यवसायी संघको साधारणसभा फागुन २ गते

बुटवल । हाटबजार व्यवसायी संघ रुपन्देहीको १९ औं वार्षिक साधारणसभा फागुन २ गते हुनेभएको छ ।
संघको पुस २९ गते बसेको विस्तारित बैठकको निर्णय अनुसार संघका अध्यक्ष हुमाराम पोखरेलको संयोजकत्वमा विभिन्न उपसमितिहरु निर्माण गरिएको छ ।
साधारणसभामा प्रमुख अतिथिको रुपमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले कार्यक्रमको उद्घाटन गर्ने कार्यक्रम तयर भएको संघका रुपन्देही अध्यक्ष हुमाराम पोखरेलले जानकारी दिए ।
बैठकमा अध्यक्ष हुमाराम पोखरेलको संयोजकत्वमा प्रमुख अतिथि तथा अतिथि व्यवस्थापन र प्रतिवेदन लेखन समिति गठन गरिएको छ भने त्यसको सदस्यहरुमा संघका पूर्व अध्यक्षहरु भीमलाल ज्ञवाली, उपाध्यक्षहरु रबिलाल पाण्डे, टीका प्रसाद भट्टराई, महासचिव जयन्त घर्ती र कोषाध्यक्ष ईश्वरचन्द्र भट्टराई रहेका छन् ।
त्यस्तैगरी कार्यक्रमको प्रचारप्रसार समिति संयोजकमा महासचिव जयन्त घर्तीको संयोजकत्वमा सचिव भुपनारायण श्रेष्ठ, सदस्यहरु किसन शर्मा, चेत बहादुर घर्ती,ईन्द्र नेपाली, गोविन्द पाण्डे र किसन घिमिरे रहेको समिति गठन गरिएको छ भने शाखा अध्यक्षहरुमा देवदहउबाट मणिराम भण्डारी,तिलोत्तमाबाट गिरीराज पन्थी, सियारीबाट शिव बानियाँ र कञ्चनबाट विकास पाण्डेलगायतका सदस्यहरु निर्माण गरिएको छ ।
त्यस्तैगरी हाटबजार व्यवसायी संघको विधान संशोधनमा संघका रुपन्देही अध्यक्ष हुमाराम पोखरेलको संयोजकत्वमा पूर्व अध्यक्ष भीमलाल ज्ञवाली, पूर्व महासचिव नेत्रप्रसाद पोखरेल, उपाध्यक्ष रबिलाल पाण्डे, टीकाप्रसाद पाण्डे,महासचिव जयन्त घर्ती, रक्तदान संयोजक डोलराज फूल्लेल,विद्युत संयोजक यादव कुमार बेल्बासे, सैनामैना शाखाका अध्यक्ष तुलसीराम शर्मा र पूर्व उपाध्यक्ष कृष्णप्रसाद पौडेललगायतको समिति गठन गरिएको कोषाध्यक्ष इश्वरचन्द्र भट्टराईले बताए ।
हाटबजार व्यवसायी संघ रुपन्देहीमा ५ हजार व्यवसायी सदस्यहरु आवद्ध रहेका छन् भने यसमा आवद्ध सदस्य तथा कृषकहरुले करिब ५० हजार प्रत्यक्ष रोजगारीबाट लाभान्वित भएका छन् । संघले रुपन्देहीमा तिलोत्तमा, देवदह, सियारी र कञ्चन गरी ५ वटा शाखामा करिब १२२ वटा हाटबजारहरु सञ्चबलन गर्दै आएको छ ।
लेखकको सम्वन्धमा