अर्गानिक उत्पादनमा जोड गरौंः मुख्यमन्त्री आचार्य

दाङ। लुम्बिनी प्रदेशमा अर्गानिक खाद्यन्न, तरकारी तथा फलफूल उत्पदानकालागि प्रदेश सरकारले बिशेष कार्यक्रम बनाएर सम्वोधन गर्ने मुख्यमन्त्री चेतनारायण आचार्यले बताए ।
अम्बिकेश्वरी व्यवसायिक तरकारी खेती कृषक समूहसंग देउखुरीमा छलफल गर्दै मुख्यमन्त्री आचार्यले खाद्यन्न तथा तरकारी उत्पादनमा रासायनिक मल र बिषादीको प्रयोगलाई घटाउदै जैविक मल र जैविक बिषादीको प्रयोग बढाएर अर्गानिक उत्पादन बढाउनेगरी प्रदेश सरकारले सम्वोधन गर्ने बताए। तरकारी बजार तथा शब्जी मण्डिहरुमा विक्रि वितरणकालागि राखिएका तरकारीको बिषादी परिक्षणको व्यवस्था मिलाउनेगरी कार्यक्रम बनाउन समेत कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयलाई निर्देशन दिए ।
किसानहरुले भारतबाट आउने तरकारीमा अत्याधिक बिषादी हुने गरेको गुनासो गर्ने गरेका छन् । सिमा नाकामा संघीय सरकारले बिषादी परिक्षण गर्दै आएको र त्यो कामलाई प्रभावकारी बनाउन प्रदेश सरकारले समेत पहल गर्ने मुख्यमन्त्री आचार्यले बताए ।‘ बिषादी परिक्षणका लागि सिमानामा व्यवस्था छ । त्यसलाई प्रभावकारी बनाउन प्रदेश सरकारले विगतमा पनि पहल लिएको थियो । अहिले पनि हामिले यसमा ध्यान दिन्छौं’उनले भने ,‘ सिमानाबाट हुने तरकारी, दुध, खसिबोका, कुखुराको तस्करी रोक्नकालागि बिशेष पहल भएको छ । अहिले यसमा कमि आएको छ ।’
भैरहवा, कृष्णनगर, नेपालगञ्जको नाकामा बिषादी परिक्षण परिक्षणको कामलाई प्रभावकारी बनाउन समेत किसानहरुले माग राखेका थिए । घोराही उपमहानगरपालिका वडा नं १८ मसिना अम्बापुरका किसानहरुले व्यवसायिक रुपमा अर्गानिक तरकारी उत्पादन गर्दै आएको छ ।
प्रदेश सरकारले जैविक मल, जैविक बिषादी तथा सिंचाइकालागि सहयोग गर्नेगरी थप कार्यक्रम बनाउने कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थिले बताउनु भयो । किसानहरुसंग प्रदेश सभा सदस्य तथा पूर्व मन्त्री राजु खनालले किसानहरुलाई हौसला थप्न आवश्यक रहेको बताए
।
लेखकको सम्वन्धमा