साढे २४ किलो चरेस सहित पाँच जना पक्राउ

साढे २४ किलो चरेस सहित पाँच जना पक्राउ
1 0
Read Time:1 Minute, 53 Second

कपिलवस्तु । कपिलवस्तुको कृष्णनगरबाट लागु औषध चरेससहित पाँच जना पक्राउ परेका छन्  । भारत लैजान लागेको अवस्थामा २४ किलो ५ सय ६० ग्राम चरेस बरामद गरेको हो कृष्ण नगर इलाका प्रहरी कार्यालयले जनाएको छ । 

रुकुम पूर्व ल्याइएको चरेस कृष्ण नगर हुँदै भारत पुर्‍याउन खोजेको प्रारम्भिक अनुसन्धानमा देखिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायब उपरीक्षक हरिबहादुर वलीले बताए।

पक्राउ पर्नेहरूमा तीन जना महिला र दुई जना पुरुष छन् । प्रहरीका अनुसार खनियाबास गाउँपालिका ५ धादिङका ५९ वर्षीय सेती तामाङको साथमा ५ किलो ५५५ ग्राम, वर्ष ६६ को रेगदोन तामाङको साथमा ५ किलो ३६५ ग्राम, वर्ष ५२ को साङ जोम तामाङनीको साथमा ५ किलो ४८० ग्राम चरेस बरामद गरिएको छ ।

 यसै गरी सिद्ध कुमाख गाउँपालिका ४ सल्यानका ४० वर्षीय थलबहादुर रोकाको साथमा ४ किलो ६१५ ग्राम र भूमे गाउँपालिका २ रुकुम पूर्व घर भई हाल लमही नगरपालिका ४ बस्ने  ३७ वर्षीय भावना बुढाको साथमा ३ किलो ५४५ ग्राम लागू औषध चरेस फेला परेको हो ।

उनीहरूले कम्मरमा लगाएको कपडाको पेटीभित्र चरेस लुकाएर ल्याएको इलाका प्रहरी कार्यालय कृष्ण नगरका प्रहरी निरीक्षक लक्ष्मण ओलीले बताए।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %