दिपकुमार उपाध्याका छाेरा आशिष शर्माद्वारा कपिलवस्तु–१ बाट स्वतन्त्र उम्मेदवारी दर्ता

दिपकुमार उपाध्याका छाेरा आशिष शर्माद्वारा कपिलवस्तु–१ बाट स्वतन्त्र उम्मेदवारी दर्ता
0 0
Read Time:1 Minute, 14 Second

बुटवल। नेपाली कांग्रेसका युवा नेता तथा महाधिवेशन प्रतिनिधि आशिष शर्माले कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर १ बाट स्वतन्त्र उम्मेदवारी
दर्ता गरेका छन् ।

यहाँबाट उम्मेदार सिफारिस भएपनि पार्टी केन्द्रबाट अतहर कमालले टिकट पाएपछि उनी बागी भएका हुन्। शर्मा भारतका पूर्व राजदूत
दीपकुमार उपाध्यायका छोरा हुन्।

स्थानीय स्तरमा सक्रिय राजनीतिक व्यक्तित्वका रूपमा परिचित शर्माले आगामी निर्वाचनमा स्वतन्त्र रूपमा
जनताको समर्थन लिएर अघि बढ्ने बताएका छन्।

उनले पार्टी राजनीतिभन्दा माथि उठेर क्षेत्रको विकास, सुशासन र युवाको आवाजलाई प्राथमिकतामा राख्ने
प्रतिबद्धता व्यक्त गरेका छन्। पारिवारिक राजनीतिक पृष्ठभूमि भए पनिआफूले फरक सोच र नयाँ दृष्टिकोणसहित जनताको बीचमा जाने उनको भनाइ छ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %