रुपन्देही २ मा रास्वपाका शुलभ खरेलको उमेदवारी दर्ता
Read Time:1 Minute, 4 Second
बुटवल । रुपन्देही क्षेत्र नम्बर २ मा रास्वपाबाट शुलभ खरेलले उम्मेदवारी दर्ता गरेका छ्न।
पार्टीले पहिला ई. आशिष सुवेदीलाई टिकट दिए पनि उम्मेदवारी दर्ताको अन्तिम चरणमा खरेललाई टिकट दिएको थियो ।
यस्तै असन्तुष्ट गणेश पाैडेल र सुबेदी सहित पुगेर खरेलले उम्मेद्वारी दर्ता गराएका हुन् ।
यहाँ ०६४ यता नेकपा एमालेका उपाध्यक्ष बिष्णु पाैडेलले जित्दै आएका छन् । ०७९ मा गणेशलाइ बिष्णुले झिनाे मतान्तरले मात्रै पराजित गरेका थिए । उनीहरु सहित नेपाली कांग्रेसका चुन्नु प्रसाद शर्मा पाैड्याल, नेकपाका बिश्वदिप पाण्डे, राप्रपाकी कर्भिका थापा, जनसेवा पार्टीबाट निकाेलश भुसाल लगायतत मैदानमा छन् ।

लेखकको सम्वन्धमा