रुपन्देही ५ मा जनमतबाट पूर्वमन्त्री गुल्जारी उमेदवार

रुपन्देही ५ मा जनमतबाट पूर्वमन्त्री गुल्जारी उमेदवार
0 0
Read Time:48 Second

बुटवल । आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जनमत पार्टीबाट पूर्वकृषि राज्यमन्त्री ओमप्रकाश यादव ‘गुल्जारी’ रुपन्देही क्षेत्र नं ५ बाट उमेदवार बन्ने भएका छन् ।

उनलाई जनमतले रुपन्देही क्षेत्र नम्बर ५ का लागि उमदवार बनाएको पार्टीका रुपन्देही जिल्ला प्रवक्ता रुपचन यादवले जानकारी दिए ।

गुल्जारी २०६४ सालको संविधानसभा सदस्य निर्वाचनमा रुपन्देही निर्वाचन क्षेत्र नम्बर ३ मा तत्कालीन मधेसी जनअधिकार फोरम, नेपालबाट निर्वाचित भएका थिए ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %