रुपन्देही–२ : चारपटक जितेका विष्णुसँग कांग्रेसका चुन्नप्रसाद भिड्ने

रुपन्देही–२ : चारपटक जितेका विष्णुसँग कांग्रेसका चुन्नप्रसाद भिड्ने
0 0
Read Time:1 Minute, 3 Second

बुटवल । नेपाली कांग्रेसले रुपन्देही–२ मा चुन्नप्रसाद पौडेललाई उमेदवार बनाउने भएको छ । पार्टीका महासमिति सदस्य, सफल व्यवसायी तथा उद्यमी पौडेललाई कांग्रेसले टिकट दिएको हो ।

योसँगै एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेलसँग चुनावी मैदानमा चुन्न भिड्ने भएका हुन् । उनीसहित नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का विश्वदिप पाण्डे, रास्वपाका ई. आशिष सुवेदी, राप्रपाकी कार्भिका थापा, प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)बाट नारायण नागिला उमेदवार छन् ।

विष्णुले २०६४ देखि रुपन्देही–२ बाट लगातार चुनाव जित्दै आएका छन् । उनले २०६४, २०७०, २०७४ र २०७९ मा यही क्षेत्रबाट चुनाव जितेका थिए ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %