प्रलोपाबाट रुपन्देही–२ मा नारायण नागिलालाई टिकट

प्रलोपाबाट रुपन्देही–२ मा नारायण नागिलालाई टिकट
0 0
Read Time:1 Minute, 4 Second

बुटवल । विसं. २०६४ यता निरन्तर नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले जित्दै आएको रुपन्देही–२ मा प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)बाट नारायण नागिला उमेदवार बन्ने भएका छन् ।

प्रलोपा अध्यक्ष परिषद्का सदस्य नागिलालाई रुपन्देही–२ मा उमेदवार बनाएको पार्टीका रुपन्देही इन्चार्ज पंकज राईले जानकारी दिए ।

बुटवल उपमहानगरपालिका–४ आदर्शनगर निवासी नागिला तत्कालीन माओवादीमा हुँदा उनी डा. बाबुराम भट्टराई निकट थिए । तत्कालीन अखिल क्रान्तिकारी बुटवल बहुमुखी क्याम्पस इकाइ अध्यक्ष रहेका नागिला माओवादी सशस्त्र युद्धका बेला शिक्षकको जागिर छोडेर पार्टीमा क्रियाशील भएका थिए ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %