गायक प्रशान्त तामाङको निधन
- लुम्बिनी प्रेस संवाददाता
- पुस २७, २०८२
- 127 Shares
-
Read Time:53 Second
काठमाडौं । नेपाल मूलका भारतीय गायक प्रशान्त तामाङको निधन भएको छ । आइतबार बिहान ४३ वर्षको उमेरमा हृदयाघातका कारण दिल्लीस्थित निवासमा उनको निधन भएको चलचित्रकर्मी राजेश घतानीले जानकारी दिए ।
सन् २००७ मा भारतीय रियालिटी शो ‘इन्डियन आइडल–३’ को विजेता बनेपछि प्रशान्तको चर्चा चुलिएको थियो । उनले हिन्दी, नेपाली भाषाका दर्जनौँ गीतमा आवाज दिएका छन् । उनले ‘गोर्खा पल्टन’, ‘परदेशी’लगायत नेपाली चलचित्रमा अभिनय पनि गरेका छन् ।
भारतको दार्जिलिङमा जन्मिएका प्रशान्त इन्डियन आइडलको विजेता बन्नुअघि कोलकाता प्रहरीमा कार्यरत थिए ।
प्रतिकृया दिनुहोस्
- आधुनिक समाज डेन्टल द्वारा दीप एकेडेमीका १९४ विद्यार्थीको निःशुल्क मुख स्वास्थ्य परीक्षण
- बुटवलमा ARE GP क्वालिफायर्स, धीरजसहित तीन राइडर ग्रान्ड फिनालेमा
- कांग्रेस १५औँ महाधिवेशनमा नीमा गिरी केन्द्रीय सदस्य (महिला) उम्मेदवार
- बुटवलमा भोलि ARE जीपीको पहिलो क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने
- कपिलवस्तुमा लैंगिक उत्तरदायी तथा समावेशी शासनबारे सार्वजनिक सुनुवाइ
- बुटवल–१६ का वडा सदस्य विष्णु सापकोटा कांग्रेस प्रदेश अधिवेशन प्रतिनिधिमा विजयी
- रुपन्देही–३ बाट महाधिवेशन प्रतिनिधिमा बालकृष्ण खाँणको उम्मेदवारी
- अपाङ्गता भएका तर्फबाट महाधिवेशन प्रतिनिधिमा खिमबहादुर खड्काको उम्मेदवारी
- अल्पसंख्यकतर्फ प्रदेश प्रतिनिधिमा प्रेम गौचनको उम्मेदवारी
- कांग्रेस महाधिवेशन प्रतिनिधि बन्न गुल्मी–१ बाट युवा ब्यवसायी सन्तोष कंडेलद्वारा उम्मेद्वारी घोषणा

लेखकको सम्वन्धमा