गायक प्रशान्त तामाङको निधन
Read Time:53 Second
काठमाडौं । नेपाल मूलका भारतीय गायक प्रशान्त तामाङको निधन भएको छ । आइतबार बिहान ४३ वर्षको उमेरमा हृदयाघातका कारण दिल्लीस्थित निवासमा उनको निधन भएको चलचित्रकर्मी राजेश घतानीले जानकारी दिए ।
सन् २००७ मा भारतीय रियालिटी शो ‘इन्डियन आइडल–३’ को विजेता बनेपछि प्रशान्तको चर्चा चुलिएको थियो । उनले हिन्दी, नेपाली भाषाका दर्जनौँ गीतमा आवाज दिएका छन् । उनले ‘गोर्खा पल्टन’, ‘परदेशी’लगायत नेपाली चलचित्रमा अभिनय पनि गरेका छन् ।
भारतको दार्जिलिङमा जन्मिएका प्रशान्त इन्डियन आइडलको विजेता बन्नुअघि कोलकाता प्रहरीमा कार्यरत थिए ।

लेखकको सम्वन्धमा