विष्णु पौडेल पाल्पा २ बाट पनि सिफारिस, रुपन्देही छाेड्ने चर्चा

विष्णु पौडेल पाल्पा २ बाट पनि सिफारिस, रुपन्देही छाेड्ने चर्चा
0 0
Read Time:1 Minute, 40 Second

बुटपल । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल रुपन्देही २ र पाल्पा २ बाट प्रतिनधिसभा सदस्य उम्मेद्वारको रुपमा सिफारिस भएका छन् । पौडेलले
२०५१ सालमा भएको निर्वाचनमा पाल्पाबाट सहभागि भई बिजय भएका थिए । त्यसपछि २०५६ सालदेखि निरन्तर रुपन्दहीबाट चुनाव लडिरहेका छन् ।

पाल्पा २ मा पौडेलसँगै युवा नेता तथा पूर्वपोलिटब्युरो ठाकुर गैरे, केन्द्रीय निर्वाचन आयोग सदस्य नारायणी घिमिरे र डा. रामबहादुर राउत सिफारिस भएका
जिल्ला अध्यक्ष ओमबहादुर घर्तीले जनाए । २०७९ मा पाल्पा २ मा ठाकुर गैरे निर्वाचित भएका थिए । पाैडेलले पछिल्लाे समय निर्वाचन क्षेत्र परिवर्तनकाे चर्चा चलिरहेका बेला पाैडेलकाे नाम सिफारिस हुँदा उनले रुपन्देही याे पटककाे निर्वाचनमा सहभागि नहुने भन्दै अड्कलबाजि हुन थालेका छन् ।

अघिल्लाे पटक राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पाैडेलले कडा टक्कर दिएका थिए । रुपन्देही २ काे मत निकै परिवर्तनशिल भएकाेले अहिले नयाँ उदय भएका शक्तिहरु बढिरहेकाेले उनले स्थान परिवर्तन गर्न लागेकाे भन्दै केही महिना पहिलेदेखी नै चर्चा हुँदै
आएकाे छ ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %