विपी कोइरालाले शिलान्यास गर्ने तयारी गरेको सडक सञ्चालन गर्न दबाब दिन कांग्रेसको पदयात्रा
- लुम्बिनी प्रेस संवाददाता
- पुस २३, २०८१
- 162 Shares
-
बुटवल । नेपाली कांग्रेस क्षेत्र नम्बर १ बाँकेले बिपी मार्गमा पदयात्रा सुरु गरेको छ । राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अवसरमा मंगलबारदेखि कांग्रेस क्षेत्र नम्बर १ बाँकेले बिपी मार्गमा पदयात्रा सुरु गरेको हो ।
बाँकेको कोहलपुरको खड्कवार हुँदै सल्यान घुइँयावारी जोड्ने उक्त सडकको विपी कोइरालाले शिलान्यासको तयारी गरेका थिए । तर राजा महेन्द्रले विस २०१७ साल पुस १ गते ‘कु’ गरेसँगै सडक निर्माणको काम अलपत्र परेको थियो । दुरीका हिसाबले छोटो भए पनि अलपत्र परेको उक्त सडक पुनः सञ्चालन गर्नका लागि दबाब दिने उद्देश्यले पैदलयात्रा सुरु गरेको क्षेत्रीय सभापति पोषण केसीले जानकारी दिए ।
उक्त पदयात्रा मंगलबार बिहान १० बजेदेखि सुरु भएको हो । उक्त पदयात्रा घुइँयावारी जोड्ने ठाउँसम्म पुग्ने छ ।
उक्त कार्यक्रममा कांग्रेसको एक सय दिने पार्टीको केन्द्रीय अभियानका बाँके जिल्ला प्रतिनिधि केन्द्रीय सदस्य कृष्ण किशोर घिमिरे, बाँके जिल्ला सभापति नारायण प्रसाद गौडेल, सचिव सुधांशु कोइराला एवं स्थानीयहरू सहभागी भएका छन् ।
चालु आर्थिक वर्षमा उक्त सडक निर्माणका लागि बजेट समेत विनियोजन भएको छ । विनियोजित बजेटलाई कार्यान्वयन गरी सडक सञ्चालनमा ल्याउनका लागि पदयात्राबाट दबाब दिने सभापति केसीले बताए ।
प्रतिकृया दिनुहोस्
- गगन थापा नेतृत्वको कांग्रेस आधिकारिक भएको निर्वाचन आयोगको निर्णय
- पूर्णबहादुरको चेतावनी– निर्वाचन आयोगले कांग्रेसलाई आन्दोलनमा जान बाध्य नपारोस्
- दाङका तीन वटै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना
- निर्वाचन आयोगमा सुरक्षा व्यवस्था कडा, कांग्रेस कार्यकर्तालाई रोकियो
- निर्वाचन आयोगमा नेपाली कांग्रेसको धर्ना
- देउवाले लेखेको पत्र निर्वाचन आयोग पुग्यो
- विशेष महाधिवेशनले जे निर्णय गर्छ, त्यो निर्वाचन आयोगले मान्छ : गगन थापा
- फुट्यो कांग्रेस ! रुख र चारतारा कसले पाउला ?
- गगन, विश्व र फरमुल्लाहलाई साधारण सदस्यबाटै निष्कासन गर्ने कांग्रेस निर्णयमा के लेखिएको छ ?
- गगन–विश्वलाई गरिएको कारबाही महाधिवेशनले गर्यो खारेज
-
बुटवलमा भोलिदेखि सातौँ राष्ट्रपति रनिङ शिल्ड
पुस २५, २०८२ -
देउवाले लेखेको पत्र निर्वाचन आयोग पुग्यो
पुस ३०, २०८२ -
फुट्यो कांग्रेस ! रुख र चारतारा कसले पाउला ?
पुस ३०, २०८२ -
गायक प्रशान्त तामाङको निधन
पुस २७, २०८२ -
कपिलवस्तुको रेस्टुरेन्टबाट ६ जुवाडे पक्राउ
पुस २८, २०८२


लेखकको सम्वन्धमा