बुटवलमा कार्तिक १५ देखि टिभिएसको एक्सचेञ्ज मेला हुँदै
बुटवल। टिभिएस मोटरसाइकल तथा स्कुटरको पुरानो सवारी साटेर नयाँ खरिद गर्न सकिने एक्सचेञ्ज मेला बुटवलमा आयोजना हुने भएको छ। कार्तिक १५ देखि २२ गतेसम्म भाटभटेनी सुपरमार्केट परिसरमा मेला सञ्चालन हुने आयोजकले जनाएको छ।
जगदम्बा मोटर्स र बुटवलस्थित बालाजी अटोमोबाइल्सको आयोजनामा हुन लागेको मेलामा पुराना मोटरसाइकल तथा स्कुटर साटेर नयाँ टिभिएसका सवारी खरिद गर्न सकिनेछ। आयोजकका अनुसार पुराना सवारीको मूल्याङ्कन गरी एक्सचेञ्ज सुविधा उपलब्ध गराइनेछ।
मेलाका अवसरमा टिभिएसले ‘गोल्डेन की’ योजना पनि ल्याएको छ। उक्त योजनाअन्तर्गत ग्राहकले खरिद मूल्यको शतप्रतिशतसम्म क्यासब्याक, सुनको चाबी वा १० लाख रुपैयाँसम्मको नगद छुटमध्ये एक प्राप्त गर्न सक्ने व्यवस्था रहेको आयोजकले जनाएको छ।
त्यस्तै, मेलामा पाँच वर्षसम्म निःशुल्क सर्भिस, फाइनान्स सुविधा तथा पुराना सवारीको उच्चतम मूल्याङ्कनको व्यवस्था गरिएको छ। प्रचार सामग्रीमा निःशुल्क सर्भिस योजनाअन्तर्गत हरेक दिन दुई जनाले सुविधा पाउने उल्लेख छ। फाइनान्सका लागि नागरिकता र सवारी चालक अनुमतिपत्र आवश्यक पर्ने जनाइएको छ।
मेलामा टिभिएसका विभिन्न मोडेलका मोटरसाइकल तथा स्कुटर प्रदर्शन गरिने आयोजकले जनाएको छ। कार्यक्रमसम्बन्धी थप जानकारीका लागि बालाजी अटोमोबाइल्सका ९८०२६९९७६२ र ९८०२६९९७७० नम्बरमा सम्पर्क गर्न सकिनेछ।

लेखकको सम्वन्धमा