दीप एकेडेमिमा ४ सय विद्यार्थीको दाँत, मुख तथा आँखा परीक्षण
बुटवल । बुटवल–१२, नयाँगाउँस्थित दीप एकेडेमी (साविकको साइनिङ न्यू स्टार इङ्लिस हाई स्कुल)का करिब ४ सय विद्यार्थीको दाँत, मुख तथा आँखा परीक्षण गरिएको छ।
विद्यालयमा असोज १९ र २० गते गरी दुई दिन सञ्चालन गरिएको स्वास्थ्य परीक्षण कार्यक्रममा विद्यार्थीहरूको दाँत तथा मुखसँगै आँखाको परीक्षण गरिएको हो।
दाँत तथा मुख परीक्षणका लागि बुटवलस्थित आधुनिक समाज डेन्टल केयर प्रालिले प्राविधिक सहयोग गरेको थियो भने आखा परिक्षण तामनगर चस्मा घरले प्राविधिक सहयोग गरेको विद्यालयले जनाएको छ। स्वास्थ्य परीक्षणमार्फत विद्यार्थीहरूको स्वास्थ्य अवस्था पहिचान गर्नुका साथै उनीहरूमा स्वास्थ्यसम्बन्धी सचेतना बढाउने उद्देश्य राखिएको थियो।
परीक्षणका क्रममा विद्यार्थीलाई नियमित स्वास्थ्य परीक्षण, व्यक्तिगत सरसफाइ, दाँत तथा मुखको हेरचाह र आँखाको सुरक्षालगायतका विषयमा समेत जानकारी गराइएको थियो।
विद्यालयका प्राचार्य विष्णु प्रसाद ढकालको अध्यक्षतामा भएको कार्यक्रममा स्वास्थ्य क्षेत्रसँग सम्बन्धित व्यक्तिहरूको सहभागिता रहेको थियो।
स्वास्थ्य परीक्षण कार्यक्रमले विद्यार्थीमा आफ्नो स्वास्थ्यप्रति सचेतना बढाउन सहयोग पुगेको विद्यालयका उपप्राचार्य बाबुराम भण्डारीले बताए।
सो अवसरमा बिद्यालयका कोर्डिनेटर नितु भण्डारीले बिद्यार्थीको शिक्षा संगै स्वास्थ्यलाई मध्यनजर गर्दै कार्यक्रम गरिएको जनाईन।

लेखकको सम्वन्धमा