आधुनिक समाज डेन्टल द्वारा दीप एकेडेमीका १९४ विद्यार्थीको निःशुल्क मुख स्वास्थ्य परीक्षण

आधुनिक समाज डेन्टल द्वारा दीप एकेडेमीका १९४ विद्यार्थीको निःशुल्क मुख स्वास्थ्य परीक्षण
1 0
Read Time:2 Minute, 10 Second

बुटवल । बुटवल–१२, नयाँगाउँस्थित दीप एकेडेमीमा १९४ विद्यार्थीको निःशुल्क मुख स्वास्थ्य परीक्षण गरिएको छ।

आधुनिक समाज डेन्टल केयर प्रालिले सञ्चालन गरेको मुख स्वास्थ्य अभियानअन्तर्गत कक्षा ६ देखि १० सम्म अध्ययनरत विद्यार्थीको मुख तथा दाँत परीक्षण गरिएको हो।

सो अवसरमा आधुनिक समाज डेन्टल केयर प्रालिका सञ्चालक तथा मुख स्वास्थ्य अभियन्ता अमृत भुसालले मुख स्वास्थ्यको महत्वबारे जानकारी दिँदै विद्यार्थीलाई सही तरिकाले ब्रस गर्ने विधिका बारेमा जानकारी गराएका थिए। उनले नियमित रूपमा दाँत सफा गर्ने तथा मुख स्वास्थ्यमा विशेष ध्यान दिनुपर्ने बताए।

कार्यक्रममा डा. गरिमा बस्यालले पनि विद्यार्थीलाई मुख स्वास्थ्यसम्बन्धी जानकारी दिँदै नियमित रूपमा मुख तथा दाँतको हेरचाह गर्न सुझाव दिएकी थिइन्।

विद्यालयका प्राचार्य विष्णुप्रसाद ढकालले स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको यस्ता कार्यक्रमलाई अझ प्रभावकारी बनाउँदै लक्षित वर्गसम्म पुर्‍याउन आवश्यक सहयोग र सहकार्य गर्न आग्रह गरे।

सहायक प्राचार्य बाबुराम भण्डारीले बिद्यार्थीहरुलाई स्वास्थ्य सचेतना दिइएको बताए ।

आधुनिक समाज डेन्टल केयर प्रालिले विद्यार्थीमा मुख तथा दाँतको स्वास्थ्यसम्बन्धी सचेतना बढाउने उद्देश्यले निःशुल्क मुख स्वास्थ्य परीक्षण तथा सचेतना अभियान सञ्चालन गरेको जनाएको छ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
100 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %