अपाङ्गता भएका तर्फबाट महाधिवेशन प्रतिनिधिमा खिमबहादुर खड्काको उम्मेदवारी
बुटवल । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत रुपन्देही क्षेत्र नं. २ बाट अपाङ्गता भएका तर्फ महाधिवेशन प्रतिनिधि पदमा खिमबहादुर खड्काले उम्मेदवारी दिएका छन्।
खड्काले क्षेत्रीय प्रतिनिधिहरूसँग आफूलाई विश्वास गरी अमूल्य मत प्रदान गर्न अपिल गरेका छन्। उनले पार्टीभित्र समावेशी लोकतन्त्र, प्रतिनिधित्व र अपाङ्गता भएका व्यक्तिहरूको आवाजलाई निर्णय तहसम्म पुर्याउने उद्देश्यले उम्मेदवारी दिएको बताएका छन्।
अपाङ्गता भएका व्यक्तिहरू समाजका हरेक क्षेत्रमा सक्रिय र सक्षम नागरिक भए पनि पार्टीको नीति, संगठन तथा निर्णय प्रक्रियामा उनीहरूको सहभागिता अझै पर्याप्त हुन नसकेको खड्काको भनाइ छ।
महाधिवेशन प्रतिनिधिका रूपमा निर्वाचित भए अपाङ्गता भएका व्यक्तिहरूको आवाजलाई संगठित रूपमा उठाउँदै नेपाली कांग्रेसभित्र समावेशी प्रतिनिधित्वलाई थप मजबुत बनाउन भूमिका निर्वाह गर्ने उनले प्रतिबद्धता जनाएका छन्।
उनले आफ्नो उम्मेदवारीलाई ठूलो आश्वासनभन्दा विश्वास र जिम्मेवारीको अवसरका रूपमा लिन क्षेत्रीय प्रतिनिधिहरूसँग आग्रह गरेका छन्। खड्काले भनेका छन्, ‘तपाईंको विश्वास मेरो जिम्मेवारी र तपाईंको साथ हाम्रो आवाज हो।’
खड्का रुपन्देही क्षेत्र नं. २ बाट अपाङ्गता भएका तर्फ महाधिवेशन प्रतिनिधिका उम्मेदवार हुन्।

लेखकको सम्वन्धमा