सैनामैना–८ कांग्रेस सभापतिमा २८ वर्षीय किरण तिवारी निर्विरोध
बुटवल । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत रुपन्देहीको सैनामैना नगरपालिका–८ को वडा अधिवेशनबाट २८ वर्षीय किरण तिवारी वडा सभापतिमा निर्विरोध निर्वाचित भएका छन्।वडा सभापति हुने उनी अहिलेसम्ममै कान्छो युवा हुन ।
तिवारीले १२ वर्षदेखि राजनीतिमा सक्रिय रहेको बताए। उनले नेपाल विद्यार्थी संघबाट राजनीतिक यात्रा सुरु गरेका थिए। २०७९ सालमा वडा पार्टी सचिवको जिम्मेवारीसमेत सम्हालेका तिवारी सामाजिक तथा युवा अभियानमा पनि सक्रिय रहँदै आएका छन्।
विभिन्न सामाजिक क्लबको नेतृत्व तथा व्यवस्थापनमा समेत काम गरेका तिवारी युवा अभियन्ताका रूपमा परिचित छन्। उनले वातावरण तथा वन्यजन्तु संरक्षणको क्षेत्रमा समेत काम गर्दै आएको बताएका छन्।
युवा पुस्ताबाट वडा नेतृत्वमा आएका तिवारीले पार्टी संगठनलाई थप व्यवस्थित बनाउँदै युवाको सहभागिता र सामाजिक गतिविधिलाई प्राथमिकतामा राख्ने बताएका छन्।
सैनामैना– ८ को अधिवेशनबाट उपसभापतिमा रमा पाण्डे र सन्तबहादुर सावत्, सचिवमा शेरबहादुर ज्ञवाली तथा सहसचिवमा नारायण कडेललगायत वडा कार्यसमिति निर्विरोध निर्वाचित भएका छन्। अधिवेशनबाट क्षेत्रीय प्रतिनिधिसमेत निर्विरोध निर्वाचित भएका छन्।

लेखकको सम्वन्धमा