भोटेकोसी बाढी प्रभावितका लागि रोयल जिम एन्ड फिटनेसको ७० हजार सहयोग

भोटेकोसी बाढी प्रभावितका लागि रोयल जिम एन्ड फिटनेसको ७० हजार सहयोग
0 0
Read Time:2 Minute, 11 Second

बुटवल । बुटवलको अमरपथस्थित सिटी कम्प्लेक्समा सञ्चालनमा रहेको रोयल जिम एन्ड फिटनेसले भोटेकोसी बाढी प्रभावितका लागि ७० हजार रुपैयाँ सहयोग गरेको छ।

कुशेऔँसीको अवसर पारेर जिम एन्ड फिटनेसले बाढी तथा विपद्बाट प्रभावित नागरिकको राहत र उद्धारका लागि उक्त रकम सहयोग गरेको हो। रोयल जिम एन्ड फिटनेसका सञ्चालक मदन शर्माका अनुसार जिम परिवारको तर्फबाट ७० हजार रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पठाइएको हो।

शर्माले विपद्का बेला प्रभावित नागरिकलाई सहयोग गर्नु सामाजिक दायित्वसमेत भएकाले कुशेऔँसीको अवसरमा जिमसँग आबद्ध परिवारका तर्फबाट सहयोग गरिएको बताए। उनले विपद्मा परेका नागरिकलाई राज्यसँगै विभिन्न क्षेत्रबाट सहयोग आवश्यक पर्ने भएकाले आफ्नो क्षेत्रबाट सक्दो सहयोग गर्ने उद्देश्यले रकम प्रदान गरिएको जानकारी दिए।

भोटेकोसी क्षेत्रमा आएको बाढी तथा पहिरोका कारण जनधनको क्षति हुनुका साथै ठूलो संख्यामा नागरिक प्रभावित भएका छन्। विपद् प्रभावितको राहत, उद्धार तथा पुनःस्थापनाका लागि विभिन्न संघसंस्था, व्यवसायी तथा व्यक्तिहरूले सहयोग गर्दै आएका छन्।

रोयल जिम एन्ड फिटनेसले पनि नियमित व्यावसायिक गतिविधिसँगै सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै विपद् प्रभावितका लागि सहयोग गरेको जनाएको छ। जिम सञ्चालक शर्माले आगामी दिनमा पनि सामाजिक तथा मानवीय कार्यमा आफ्नो संस्थाको सहभागिता रहने बताए।

Happy
Happy
33 %
Sad
Sad
0 %
Excited
Excited
67 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %