विपत्तिमा परेका सौन्दर्यकर्मीको पीडा : ‘कति बगे, कति बेपत्ता छन्, सरकारलाई तथ्यांक चाहियो’

विपत्तिमा परेका सौन्दर्यकर्मीको पीडा : ‘कति बगे, कति बेपत्ता छन्, सरकारलाई तथ्यांक चाहियो’
0 0
Read Time:3 Minute, 0 Second

बुटवल । यही भदौ १० गते भोटेकोसी नदीमा आएको बाढी सहितको बिपत्तिले ज्यान मात्र लिएन, धेरै परिवारका सपना, रोजगारी र वर्षौँको मेहनतसमेत बगाएर लग्यो।

यही पीडाबीच विपत्तिमा परेका सौन्दर्यकला व्यवसायीको अवस्था पहिचान गरी राज्यले तत्काल सम्बोधन गर्नुपर्ने आवाज उठेको छ।
बुटवलको पुष्पलाल पार्कमा प्राकृतिक विपत्तिमा ज्यान गुमाएकाहरूको सम्झनामा आयोजित दीप प्रज्वलन कार्यक्रममा बोल्दै मोहन ठाकुरले विपत्तिमा परेका सौन्दर्यकला व्यवसायीहरूको यथार्थ तथ्यांक सार्वजनिक गर्न सरकारसँग माग गरे।

उनले कति ब्युटिपार्लर, सैलुन तथा व्यवसायी प्रभावित भए, कति व्यवसाय बगे र कति व्यवसायी सम्पर्कविहीन छन् भन्ने तथ्यांक सार्वजनिक गर्नुपर्ने बताए।

उनले पीडित व्यवसायीको समस्या सम्बोधन नभए सरकारलाई दबाब दिन आफूहरू सडकमा आउनसमेत तयार रहेको चेतावनी दिए।

कार्यक्रममा श्रेया केसीले विपत्तिमा आफन्त र सम्पत्ति गुमाएका परिवारको पीडा शब्दमा व्यक्त गर्न नसकिने भन्दै राज्यले उनीहरूको दुःखमा साथ दिनुपर्ने बताइन्।

त्यस्तै अनिता केसीले प्राकृतिक विपत्तिमा परेका सौन्दर्यकर्मीलाई पनि पीडितको सूचीमा समेटेर राहत तथा पुनःस्थापनामा प्राथमिकता दिनुपर्नेमा जोड दिइन्।

जेनी श्रेष्ठले विपत्तिले व्यवसायीको रोजीरोटी नै खोसिएको भन्दै संकटमा परेका व्यवसायीलाई पुनः व्यवसायमा फर्किने वातावरण बनाउन सरकार र सम्बन्धित निकायले पहल गर्नुपर्ने बताइन्।

त्यसैगरी रेनु श्रेष्ठले विपत्तिमा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै बेपत्ता तथा प्रभावित परिवारको खोजी, उद्धार र राहतलाई अझ प्रभावकारी बनाउनुपर्ने बताइन्।

कार्यक्रममा सहभागीहरूले प्राकृतिक विपत्तिमा ज्यान गुमाएका दिवंगत आत्माहरूको चिरशान्तिको कामना गर्दै दीप प्रज्वलन गरेका थिए। साथै, विपत्तिमा परेका परिवार तथा व्यवसायीलाई राज्यले अभिभावकत्व प्रदान गर्दै राहत, पुनःस्थापना र रोजगारीको वातावरण बनाउनुपर्नेमा जोड दिएका थिए।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %