रुकुम पूर्वमा कांग्रेस उम्मेदवार कुसुम देवी थापा मगरले गरिन् मतदान
Read Time:1 Minute, 5 Second
रुकुम पूर्व । कुसुम देवी थापा मगरले रुकुम पूर्वबाट आफ्नो मतदान गरेकी छन्।
निर्वाचनअन्तर्गत निर्धारित मतदान केन्द्रमा पुगेर थापा मगरले मताधिकार प्रयोग गरेकी हुन्। मतदानपछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले लोकतान्त्रिक प्रक्रियामा सहभागी हुनु नागरिकको दायित्व भएको उल्लेख गरिन्।
उनले शान्तिपूर्ण र उत्साहजनक रूपमा मतदान प्रक्रिया अघि बढेको बताउँदै मतदातालाई ढुक्क भएर आफ्नो मताधिकार प्रयोग गर्न आग्रह समेत गरिन्। रुकुम पूर्वमा बिहानैदेखि मतदाताको उपस्थिति उल्लेखनीय देखिएको छ।
यहाँ नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्ड र थापाबिच मुख्य प्रतिस्पर्धा हुदैछ।

लेखकको सम्वन्धमा