ओदान लन्ज एण्ड बारले ओदान दशै फेस्ट ईभेन्ट गर्दै
- लुम्बिनी प्रेस संवाददाता
- अशोज ५, २०७९
- 603 Shares
-
बुटवल । बुटवल ९ राजमार्ग चौराहा नजिकै रहेको ओदान लन्ज एण्ड बारले ओदान दशै फेस्ट ईभेन्ट सञ्चालन गर्ने भएको छ। असोज ७ गतेदेखि ९ गतेसम्म फेस्टिवल सञ्चालन गर्ने भएको ओदानका सञ्चालक राजन थापाले जानकारी दिए।
नया ढंगबाट मेलाको स्वरुपमा सञ्चालन गर्नेगरी कार्यक्रम आयोजना गर्न लागेको उनले जानकारी दिए। दिउँसो ३ बजेबाट शुरु हुने कार्यक्रममा निशुल्क प्रवेशको ब्यवस्था गरिएको छ।
फेस्टिवलमा १२ बढी स्टल राखिने जानकारी दिदै हिना ट्रेडर्स, म्याजेस्टिक ब्युटी, ह्याण्डमेड विथ ब्युटी,डल्फिन एजुकेसन, मेन्सस्पेस, ट्याटुबिज, एशिएन ब्युटी जोन, कुमारी हस्तकला, अर्घाखाँची कोल्ड स्टोर,जिआर स्टोर्स, एभरग्रीन फ्रोजन हाउस, मेहेन्दी मासु पसलले स्टल सञ्चाल गर्ने बताए। 
साथै सागितिक प्रस्तुति तर्फ बसन एण्ड सिदान, नाद ब्याण्ड र प्रतीक्षा कुवर एण्ड टिमको प्रस्तुति रहनेछ।
ओदान लन्ज एण्ड बारले ओदान दशै फेस्ट ईभेन्टमा सस्तो मुल्यमा खाजाको ब्यवस्थापन गर्नेछ। कार्यक्रममा १ हजार जनाले अवलोकन गर्ने सुमन श्रेष्ठले जानकारी दिए। उनले अन्य विषेश आकर्षणको तयारी समेत भईरहेको बताए।
बारले अन्य समयमा समेत यस्ता कार्यक्रम र चाडपर्व विषेश छुटको सुबिधा उपलब्ध गराउने श्रेष्ठले जानकारी दिए।
प्रतिकृया दिनुहोस्
- मैनाबगरको सूर्योदय प्राविमा १६५ विद्यार्थीको मुख तथा दन्त परीक्षण
- दीप एकेडेमिमा ४ सय विद्यार्थीको दाँत, मुख तथा आँखा परीक्षण
- आधुनिक समाज डेन्टल द्वारा दीप एकेडेमीका १९४ विद्यार्थीको निःशुल्क मुख स्वास्थ्य परीक्षण
- बुटवलमा ARE GP क्वालिफायर्स, धीरजसहित तीन राइडर ग्रान्ड फिनालेमा
- कांग्रेस १५औँ महाधिवेशनमा नीमा गिरी केन्द्रीय सदस्य (महिला) उम्मेदवार
- बुटवलमा भोलि ARE जीपीको पहिलो क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने
- कपिलवस्तुमा लैंगिक उत्तरदायी तथा समावेशी शासनबारे सार्वजनिक सुनुवाइ
- बुटवल–१६ का वडा सदस्य विष्णु सापकोटा कांग्रेस प्रदेश अधिवेशन प्रतिनिधिमा विजयी
- रुपन्देही–३ बाट महाधिवेशन प्रतिनिधिमा बालकृष्ण खाँणको उम्मेदवारी
- अपाङ्गता भएका तर्फबाट महाधिवेशन प्रतिनिधिमा खिमबहादुर खड्काको उम्मेदवारी

लेखकको सम्वन्धमा