चर्चाका समाचारहरु

0 0
Read Time:1 Minute, 0 Second

काठमाडौं । गगन थापाले नेपाली कांग्रेस नफुटेको बताएका छन् । भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनमा संवोधन गर्दै थापाले उक्त कुरा बताएका हुन् । उनले बहुमत प्रतनिधिहरू जहाँ रहन्छन् कांग्रेस त्यहीँ रहने बताए ।

“कांग्रेस फुटेको छैन, कांग्रेस यहाँ छ । यो रहन्छ । हामीले निर्वाचन आयोगको काम हामीले पनि गरिसकेका छौँ । बहुमत प्रतिनिधि जहाँ रहन्छन् त्यही हो नेपाली कांग्रेस ।”

उनले पार्टी सभापति शेरबहादुर देउवाप्रति आफूहरूको सम्मान रहने पनि बताए । “हामी हाम्रो सभापति होइन भन्दैनौँ । पूर्वसभापतिको सम्मानमा कुनै कमि छैन । अरूले के गरे थाहा भएन,” थापाले भने ।

उनले आफूहरू सत्य र न्याको पक्षमा उभिइरहने बताए ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %