Read Time:1 Minute, 0 Second
काठमाडौं । गगन थापाले नेपाली कांग्रेस नफुटेको बताएका छन् । भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनमा संवोधन गर्दै थापाले उक्त कुरा बताएका हुन् । उनले बहुमत प्रतनिधिहरू जहाँ रहन्छन् कांग्रेस त्यहीँ रहने बताए ।
“कांग्रेस फुटेको छैन, कांग्रेस यहाँ छ । यो रहन्छ । हामीले निर्वाचन आयोगको काम हामीले पनि गरिसकेका छौँ । बहुमत प्रतिनिधि जहाँ रहन्छन् त्यही हो नेपाली कांग्रेस ।”
उनले पार्टी सभापति शेरबहादुर देउवाप्रति आफूहरूको सम्मान रहने पनि बताए । “हामी हाम्रो सभापति होइन भन्दैनौँ । पूर्वसभापतिको सम्मानमा कुनै कमि छैन । अरूले के गरे थाहा भएन,” थापाले भने ।
उनले आफूहरू सत्य र न्याको पक्षमा उभिइरहने बताए ।

लेखकको सम्वन्धमा