कपिलवस्तुको रेस्टुरेन्टबाट ६ जुवाडे पक्राउ
- लुम्बिनी प्रेस संवाददाता
- पुस २८, २०८२
- 21 Shares
-
Read Time:1 Minute, 11 Second
कपिलवस्तु । कपिलवस्तुको वाणगंगा नगरपालिका-१० भावपुरस्थित रोयल सिटी कटेज एन्ड रेस्टुरेन्टमा जुवातास खेलिरहेको अवस्थामा सञ्चालकसहित ६ जना पक्राउ परेका छन्।
इलाका प्रहरी कार्यालय पिपराबाट खटिएको विशेष टोलीले आइतबार साँझ उनीहरूलाई जुवाको खालबाटै नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेमा रेस्टुरेन्ट सञ्चालक ३५ वर्षीय दिनेश थारु र अन्य ५ जना रहेका छन्।
प्रहरीले जुवाको खालबाट नगद २ लाख ५६ हजार २ सय ९० रुपैयाँ र ३ बुक तास समेत बरामद गरेको छ। विशेष सूचनाका आधारमा पुगेको प्रहरी टोलीले उनीहरूलाई रङ्गेहात फेला पारेको हो।
पक्राउ परेका सबैलाई इलाका प्रहरी कार्यालयमा राखेर थप कानुनी कारबाही र आवश्यक अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ।
प्रतिकृया दिनुहोस्
- गगन थापा नेतृत्वको कांग्रेस आधिकारिक भएको निर्वाचन आयोगको निर्णय
- पूर्णबहादुरको चेतावनी– निर्वाचन आयोगले कांग्रेसलाई आन्दोलनमा जान बाध्य नपारोस्
- दाङका तीन वटै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना
- निर्वाचन आयोगमा सुरक्षा व्यवस्था कडा, कांग्रेस कार्यकर्तालाई रोकियो
- निर्वाचन आयोगमा नेपाली कांग्रेसको धर्ना
- देउवाले लेखेको पत्र निर्वाचन आयोग पुग्यो
- विशेष महाधिवेशनले जे निर्णय गर्छ, त्यो निर्वाचन आयोगले मान्छ : गगन थापा
- फुट्यो कांग्रेस ! रुख र चारतारा कसले पाउला ?
- गगन, विश्व र फरमुल्लाहलाई साधारण सदस्यबाटै निष्कासन गर्ने कांग्रेस निर्णयमा के लेखिएको छ ?
- गगन–विश्वलाई गरिएको कारबाही महाधिवेशनले गर्यो खारेज
-
बुटवलमा भोलिदेखि सातौँ राष्ट्रपति रनिङ शिल्ड
पुस २५, २०८२ -
देउवाले लेखेको पत्र निर्वाचन आयोग पुग्यो
पुस ३०, २०८२ -
फुट्यो कांग्रेस ! रुख र चारतारा कसले पाउला ?
पुस ३०, २०८२ -
गायक प्रशान्त तामाङको निधन
पुस २७, २०८२ -
कपिलवस्तुको रेस्टुरेन्टबाट ६ जुवाडे पक्राउ
पुस २८, २०८२


लेखकको सम्वन्धमा