चर्चाका समाचारहरु

गायक प्रशान्त तामाङको निधन

गायक प्रशान्त तामाङको निधन
0 0
Read Time:53 Second

काठमाडौं । नेपाल मूलका भारतीय गायक प्रशान्त तामाङको निधन भएको छ । आइतबार बिहान ४३ वर्षको उमेरमा हृदयाघातका कारण दिल्लीस्थित निवासमा उनको निधन भएको चलचित्रकर्मी राजेश घतानीले जानकारी दिए ।

सन् २००७ मा भारतीय रियालिटी शो ‘इन्डियन आइडल–३’ को विजेता बनेपछि प्रशान्तको चर्चा चुलिएको थियो । उनले हिन्दी, नेपाली भाषाका दर्जनौँ गीतमा आवाज दिएका छन् । उनले ‘गोर्खा पल्टन’, ‘परदेशी’लगायत नेपाली चलचित्रमा अभिनय पनि गरेका छन् ।

भारतको दार्जिलिङमा जन्मिएका प्रशान्त इन्डियन आइडलको विजेता बन्नुअघि कोलकाता प्रहरीमा कार्यरत थिए ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %