०६४ यता निरन्तर जित्दै आएको क्षेत्र रुपन्देही २ मा पुनः पौडेल एकल सिफारिस
Read Time:1 Minute, 19 Second
बुटवल । रुपन्देही क्षेत्र नम्बर २ बाट २०६४ सालयताका हरेक प्रतिनिधिसभा निर्वाचनमा जित हाँसिल गर्दै आएका नेकपा एमालेका उपाध्यक्ष विष्णु प्रसाद पौडेललाई पुनः रुपन्देही २ बाट नै सिफारिस गरिएको छ । नेकपा एमाले रुपन्देही क्षेत्र नम्बर २ बाट पौडेल प्रतिनिधिसभा सदस्य प्रत्यक्षमा एकल सिफारिस भएका हुन् ।
क्षेत्रीय सहसंयोजक राजेन्द्र ढकालले क्षेत्रीय कमिटिले पौडेलको नाम एकल रुपमा सिफारिस गरेको जानकारी गराए ।
स्याङजाका पौडेल २०५६ सालदेखि निरन्तर नेकपा एमालेका उम्मेदार बन्दै आएका छन् भने ०६४ यता पराजय भोग्नु परेको छैन् । पौडेल पार्टिका केन्द्रीय उपाध्यक्ष, पूर्व उपप्रधानमन्त्री तथा अर्थमन्त्री समेत भईसकेका छन् ।
यहाँ ०७९ सालको प्रतिनधिसभा निर्वाचननमा रास्वपाका गणेश पौडेलाई झिनो मतले पराजित गर्दै विजयी भएका थिए ।

लेखकको सम्वन्धमा