कामना सेवा बैंकद्वारा शैक्षिक सामग्री प्रदान

कामना सेवा बैंकद्वारा शैक्षिक सामग्री प्रदान
0 0
Read Time:2 Minute, 21 Second

बुटवल । कामना सेवा विकास बैंकले बाल दिवसको पुर्वसन्ध्यामा `बालवालीका सँग कामना सेवा विकास बैंक´ भन्ने मुल नाराका साथ तीलोत्तमा—५, मणिग्राम स्थित श्री शान्ति नमुना माध्यमिक विद्यालयका कक्षा ३ मा अध्ययनरत बालबालीकासँग केक काटी खुसि साटासाट गर्दै कपि , पेन एवम अन्य स्टेसनरी सामग्री हस्तान्तरण गरेको छ ।

प्रादेशिक कार्यालय—बुटवलद्धारा आयोजित बैंकको सामाजिक उत्तरदायित्व अन्तर्गतको कार्यक्रममा बैकंका प्रदेश प्रमुख मोहन दत्त खनालको अध्यक्षता एवम विद्यालयका प्रधानाध्यापक कुल प्रसाद लामिछानेको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा प्रमुख अतिथी लामिछानेले कामना सेवा बिकास बैंकले विद्यार्थी लक्षित कार्यक्रमको आयोजना गरेकोमा धन्यवाद ज्ञापन गर्नुभएको थियो । साथै उहाँले सामाजिक सेवा मानव सेवा रहेको बताउदै यस्ता नबिनतम कार्यमा बैंकले निरन्तरता दिन आग्रह गर्नुभएको थियो ।

बैंकले देशका विभिन्न भागमा छरिएर रहेका १३५ वटा शाखाहरुबाट यस्ता सामाजिक कार्यहरु गर्दै आइरहेको र आगामी दिनहरुमा समेत यसलाई अझै फराकिलो र प्रभावकारी बनाउँदै लगिने कुरा प्रदेश प्रमुख एवम कार्यक्रमका अध्यक्ष मोहन दत्त खनालले प्रस्ट पार्नुभएको थियो।

कोटिहवा क्लस्टरका प्रमुख रवी पौडेलको स्वागत मन्तव्य संगै सुरु भएको कार्यक्रममा कार्यक्रमको सञ्चालन बुटवल क्लस्टर प्रमुख सुन्दर प्रसाद घिमिरेले गर्नुभएको थियो । कार्यक्रममा बैंकका कर्मचारी, विद्यालयका कर्मचारी र विद्यार्थीको उल्लेख्य उपस्थिति रहेको थियो ।

Happy
Happy
67 %
Sad
Sad
33 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %