भैरहवाको मौसम नखुलेपछि चितवनतर्फ उडे रवि लामिछाने

भैरहवाको मौसम नखुलेपछि चितवनतर्फ उडे रवि लामिछाने
0 0
Read Time:1 Minute, 51 Second

तस्बिर : नेपाल फोटो लाइब्रेरी ।

काठमाडौं । रुपन्देहीको भैरहवा विमानस्थलमा कुहिरो लागेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने चितवनको भरतपुर विमानस्थलतर्फ उडेका छन् । शुक्रबार (पुस ४) दिउँसो उनी श्री एयरको विमानमार्फत चितवन गएका ‘जेनजी’ अगुवा पुरुषोत्तम यादवले जानकारी दिए ।

यादव पनि लामिछानेसँगै भैरहवा जाने तरखरमा थिए । तर, शुक्रबारै बिहान उनी रास्वपामा प्रवेश गरेका हुन् । लामिछोनसँग उनी चितवन गएका छैनन् ।

लामिछाने भरतपुरसम्म विमानमा र त्यहाँबाट गाडीमा भैरहवा जाने यादवले जानकारी दिए । “भैरहवाको मौसम नखुलेपछि रवि दाइ १ः३० बजेको श्री एयरको जहाज टिकटमा उड्नुभएको छ,” उनले भने ।

भैरहवामा कुहिरो लागेर भिजिबिलिटी कम भएपछि लामिछाने शुक्रबार बिहान करिब ७ बजेदेखि दिउँसोसम्म काठमाडौं एयरपोर्टमै रोकिएका थिए ।

यादवका अनुसार, बिहान ७ः५५ बजेको बुद्ध एयरको फ्लाइटबाट लामिछाने भैरहवा जान टिकट काटिएको थियो । बिहीबार (पुस ३) उच्च अदालत तुलसीपुरको बुटवल इजलासले लामिछानेलाई बिगो रकमबराबरको धरौटीमा छाड्ने आदेश दिएको थियो । त्यही प्रक्रिया पूरा गर्न नक्खु कारागारबाट निस्किएर उनी रुपन्देही जिल्ला अदालत जान लागेका हुन् ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %