भोलिबाट मोतीपूर औद्योगिक क्षेत्रको जग्गाको नापजाँच हुने,ड्रोनको प्रयोग गरिने

भोलिबाट मोतीपूर औद्योगिक क्षेत्रको जग्गाको नापजाँच हुने,ड्रोनको प्रयोग गरिने
0 0
Read Time:2 Minute, 44 Second

बुटवल । रुपन्देहीको मोतीपूर औद्योगिक क्षेत्रको जग्गाको नापजाँच गर्ने काम मंगलबारदेखि शुरु हुने भएको छ ।
जिल्ला समन्वय समिति, रुपन्देहीका प्रमुख उमाकान्त चपाईको अध्यक्षतामा बुटवल उपमहानगरपालिकाको कार्यालयमा बसेको कार्यदलको बैठकले मोतीपूर औद्योगिक क्षेत्रको नाममा रहेको जग्गा र सो क्षेत्रको वस्तुस्थितिको यथार्थ अवस्था पहिचान गर्नका लागि मंगलबारदेखि ड्रोनबाट नापजाँच गर्ने निणर्य गरेको हो ।
बैठकले मंगलबार बिहानदेखि ड्रोनमार्फत जग्गाको नापजाँचको काम शुरु गर्ने निणर्य गरेको कार्यदलका सदस्य सचिव बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले जानकारी दिए ।
उनका अनुसार मंगलबार बिहान बुटवल १७ रानीगञ्जस्थित जनशक्ति प्राथमिक विद्यालय नजिकैबाट नापजाँचको काम शुरु गरिने छ ।
सो क्षेत्रमा कुन ठाउँदेखि कुन ठाउँसम्म कति जग्गा औद्योगिक क्षेत्रको नाममा रहेको हो भन्ने यकिन नभएकाले ड्रोनबाट नापजाँच गर्ने र त्यसैअनुसार प्रतिवेदन तयार गर्ने जिम्मेवारीअनुसार काम अघि बढाइएको सदस्य सचिव पन्थीले जानकारी दिए।
बैठकमा बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले औद्योगिक क्षेत्र सफल बनाउन स्थानीय र राजनीतिक दललाई सहयोग गर्न आग्रह गरे । पाण्डेयले औद्योगिक क्षेत्रको मूल समस्या समाधान गर्दै उद्योगी व्यवसायीलाई समेत आकर्षित गर्नका लागि नगरले आवश्यक काम अघि बढाउने बताए । उनले औद्योगिक क्षेत्र सफल बनाएर उद्योग स्थापनाका लागि बुटवलले अगुवाई गर्ने बताए
बैठकमा कार्यदलका संयोजक तथा जिल्ला समन्वय समितिका प्रमुख उमाकान्त चपाइँले औद्योगिक क्षेत्र रुपन्देहीकै लागि महत्वपूर्ण भएकाले सबैलाई साथ दिन आग्रह गरे । उनले राजनीतिक दल, स्थानीयबासीलाई साथमै लिएर अघि बढ्नुपर्ने बताए।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %