इनरव्हिल मिडटाउनले बनाएको प्रतिक्षालय प्रभावकारी ; राधिकाको सपना पूरा

इनरव्हिल मिडटाउनले बनाएको प्रतिक्षालय प्रभावकारी ; राधिकाको सपना पूरा
0 0
Read Time:3 Minute, 25 Second

बुटवल । प्रतिक्षालय , सार्वजनिक यातायातको पर्खाइमा बस्ने नागरिक हुन् वा बिद्यालय जादाआउँदा अभिभावकले आफ्ना बालबालिकको प्रतिक्षा गर्न होस् यो महत्वपुर्ण स्थान हो ।

९ हजार विद्यार्थी अध्ययन गर्ने कालिका मानवज्ञान माविको गेटैमा भर्खरै एउटा प्रतिक्षालय निर्माण भएको छ। बुटवल भैरहवा सिक्सलेनको व्यस्त सडक एवं विद्यार्थीहरूको चापाचाप हुने यस क्षेत्रमा प्रतीक्षालय निर्माण भएसँगै उपयोग बढेको छ।

यही आवश्यकतालाई महसुस गरेर इनरव्हील क्लब अफ मिडटाउन बुटवलले बुटवल ११ कालिकानगरमा रहेको कालिका मानवज्ञान माबि अगाडि सिद्धार्थ राजमार्गमा यात्रु प्रतिक्षालय निर्माण गरेको छ ।

यही बैशाख १७ गते वडा नम्बर ११ का अध्यक्ष रामचन्द्र क्षेत्रीले शिलान्यास गरेको प्रतिक्षालय निर्माण पुरा गरि बुधबार इनरव्हील क्लब डिष्ट्रिक ३५० बर्ष २०२४–२५ का डिष्ट्रिक चियरमेन आशा श्रेष्ठले उद्घाटन गरिन।

श्रेष्ठले बाटोमा हिड्ने बटुवाहरुका लागि र बिद्यार्थीहरुका लागि प्रतिक्षालय बनाएकोमा क्लबलाई धन्यवाद दिदै आगामी दिनहरुमा पनि यस्तै समाजको आवश्कताका आधारमा कार्यक्रम गरि अगाडि बढ्न आग्रह गरिन ।

बुटवल उपमहानगरपालिका ११ का कार्यवाहक वडा अध्यक्ष नकुल शाही ठकुरीले सार्वजनिक ठाउँमा प्रतिक्षालय बनाउँदा खुशी लागेको बताउँदै आगामी दिनमा समन्वय र सहकार्यमा हातेमालो गर्दै अगाडि बढनुपर्ने बताए ।

क्लवका अध्यक्ष राधिका रिजालले आफ्नो बाल्यकालमा घामले पोल्दा, पानी आउदा ओत लाग्ने ठाँउ प्रतिक्षालयको महसुस गरेको स्मरण गर्दै आफु नेतृत्वमा आउदा प्रतिक्षालय निर्माण गरेको बताईन ।

रिजालले बिशेषगरि कालिका मानवज्ञान माबिमा अध्ययन गर्ने बालबालिकाहरु र यात्रुहरुका लागि प्रतिक्षालय आवश्कता देखेर यो प्रोजेक्ट अगाडी सारेको बताउनुभयो। पहिला चौपारी चिन्ने प्रचलन हुन्थ्यो,अहिले हाम्रा चौपारी भनेकै प्रतिक्षालय हुन्,-उनले भनिन,त्यसैले प्रतिक्षालय निर्माण गरिएको हो, यस्ता कामबाट धेरै सन्तुष्टी मिल्दछ ।’

प्रतिक्षालय निर्माणका लागि लुम्बिनी डेरी मिल्क प्राइभेट लिमिटेडका संचालक विक्रम रिजालले स्पोन्सर गरेका थिए। कार्यक्रममा पुर्व अध्यक्ष कला केसी, सचिव सुशिला पोखरेल लगायतले बोलेका थिए।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %