बुद्ध दर्शन अझै महत्त्वपूर्ण र आवश्यक बन्दै गएको छ : मुख्यमन्त्री आचार्य
- लुम्बिनी प्रेस संवाददाता
- बैशाख २९, २०८२
- 295 Shares
-
बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले हामी नेपालीले लुम्बिनीबाट विश्वमा शान्तिको सन्देश फैलाउनुपर्ने बताएका छन् ।
सोमबार २५६९ औँ बुद्ध जयन्तीको अवसरमा लुम्बिनीमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले सो कुरा बताएका हुन् ।
उनले आजको दिनले शान्तिको सन्देश विश्व सामु फैलाउन र गौतम बुद्धले दिएका सन्देशलाई प्रचार–प्रसार गर्न सबैमा प्रेरणा प्रदान गरोस् भन्ने कामना समेत गरे । मुख्यमन्त्री आचार्यले गौतम बुद्धको सन्देश र दर्शन अझै महत्त्वपूर्ण र आवश्यक बन्दै गइरहेको बताए ।
उनले फरक प्रसङ्गमा भैरहवामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण भए पनि नियमित उडान नहुँदा चिन्ता बढेको बताउँदै नियमित सञ्चालनमा सम्बन्धित पक्षले ध्यान दिनुपर्ने समेत बताए ।
उनले विमानस्थल सञ्चालन हुँदा लुम्बिनीको मुहार फेरिने र अन्तर्राष्ट्रिय पर्यटकहरूको आगमन बढ्ने समेत बताए ।
प्रतिकृया दिनुहोस्
- बुटवलमा ARE GP क्वालिफायर्स, धीरजसहित तीन राइडर ग्रान्ड फिनालेमा
- कांग्रेस १५औँ महाधिवेशनमा नीमा गिरी केन्द्रीय सदस्य (महिला) उम्मेदवार
- बुटवलमा भोलि ARE जीपीको पहिलो क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने
- कपिलवस्तुमा लैंगिक उत्तरदायी तथा समावेशी शासनबारे सार्वजनिक सुनुवाइ
- बुटवल–१६ का वडा सदस्य विष्णु सापकोटा कांग्रेस प्रदेश अधिवेशन प्रतिनिधिमा विजयी
- रुपन्देही–३ बाट महाधिवेशन प्रतिनिधिमा बालकृष्ण खाँणको उम्मेदवारी
- अपाङ्गता भएका तर्फबाट महाधिवेशन प्रतिनिधिमा खिमबहादुर खड्काको उम्मेदवारी
- अल्पसंख्यकतर्फ प्रदेश प्रतिनिधिमा प्रेम गौचनको उम्मेदवारी
- कांग्रेस महाधिवेशन प्रतिनिधि बन्न गुल्मी–१ बाट युवा ब्यवसायी सन्तोष कंडेलद्वारा उम्मेद्वारी घोषणा
- वेल्टेन प्रोफेसनलको उत्पादन तथा आधुनिक सौन्दर्य प्रविधिबारे प्रशिक्षण

लेखकको सम्वन्धमा