गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उडान नियमित गर्न माग गर्दै आन्दोलनको घोषणा

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उडान नियमित गर्न माग गर्दै आन्दोलनको घोषणा
0 0
Read Time:3 Minute, 18 Second

बुटवल । गौतमबुद्ध विमानस्थलमा अन्तर्राष्ट्रिय उडान पुनः नियमित गर्न माग गर्दै संयुक्त आन्दोलनको घोषणा गरिएको छ । बुधबार सिद्धार्थ उद्योग वाणिज्य सङ्घ रुपन्देही, सिद्धार्थ सञ्जाल रुपन्देही र चेम्बर अफ कमर्स रुपन्देहीसहित ९ उद्योग व्यापार सङ्गठनले आन्दोलनको घोषणा गरेका हुन् ।

ती सङ्गठनले भैरहवामा पत्रकार सम्मेलन गरी चरणबद्ध आन्दोलनका कार्यक्रमहरूको घोषणा गरेका हुन् । पहिलो चरणको आन्दोलनका कार्यक्रम अन्तर्गत रुपन्देहीमा रहेका विभिन्न राजनीतिक दलका प्रतिनिधि, स्थानीय तहका जनप्रतिनिधिका साथै सङ्घ र प्रदेशमा निर्वाचित जनप्रतिनिधिहरूसँग छलफल गरी प्रतिबद्धता लिने र सम्बन्धित एयरलाइन्सका प्रमुखसँग छलफल गर्ने सिद्धार्थ सञ्जालका अध्यक्ष अनिलकुमार ज्ञवालीले बताए ।

त्यस्तै सम्पूर्ण सङ्घ–संस्था, राजनीतिक दल, आम सर्वसाधारण, जनप्रतिनिधि लगायत उपस्थिति भई विमानस्थल अगाडि अल्टिमेटम दिँदै शान्तिपूर्ण विरोध, प्रधानमन्त्री, पर्यटन, अर्थ, श्रम, स्वास्थ्य मन्त्रीलगायत सम्बन्धित मन्त्रालयका सचिव र नेपाल वायुसेवा निगमका प्रमुखहरूसँग अल्टिमेटम दिने कार्यक्रम समेत तय भएका छन् ।

यदि विमानस्थलबाट उडान नभए आन्दोलनको कार्यक्रमको बारेमा ध्यानाकर्षण गराइने समेत अध्यक्ष ज्ञवालीले बताए । त्यस्तै कालोपट्टी बाँधेर दबाबमूलक विरोध प्रदर्शन तथा शान्तिपूर्ण र्‍याली प्रदर्शन तथा बजार परिक्रमा गरिने समेत उनले जानकारी दिए ।

उनीहरूले मागहरूको सुनुवाइ नभए दोस्रो चरणको आन्दोलन गर्ने चेतावनी समेत दिएका छन् । ती सङ्गठनले विमानस्थलको गेट अगाडि नियमित धर्ना तथा विरोधसभा गर्ने चेतावनी समेत दिएका छन् । सिद्धार्थ उद्योग वाणिज्य सङ्घका अध्यक्ष नेत्रप्रसाद आचार्यले राज्यले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई डाइभर्सनको रूपमा मात्र प्रयोग गरेको आरोप लगाए ।

उनले अबको आन्दोलनलाई निर्णायक बनाउने गरी अघि बढ्ने समेत उनको भनाई छ । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट (नाट्टा) लुम्बिनी प्रदेशका अध्यक्ष चन्द्रबहादुर थापाले नियमित अन्तर्राष्ट्रिय उडानको सुनिश्चितता हुन नसक्दा व्यवसायीहरू लगानी गर्नबाट पछाडि हटिरहेको समेत बताए ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %