भैरहवा निवासी रेडक्रस अध्यक्ष नेपालसहित पाँचजना निलम्बनमा

भैरहवा निवासी रेडक्रस अध्यक्ष नेपालसहित पाँचजना निलम्बनमा
0 0
Read Time:2 Minute, 56 Second

भैरहवा । नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष सुदर्शनप्रसाद नेपालसहित पाँच जना निलम्बनमा परेका छन् । रेडक्रसको अन्तर्राष्ट्रिय संस्था आइएफआरसीले अध्यक्ष नेपालसहित विनोदकुमार बस्नेत, मनोजकुमार थापा, भुपतिलाल श्रेष्ठ, नारायण तिमिल्सिनालाई निलम्बन गरेको हो । नेपाल भैरहवा निवासी हुन् ।

अध्यक्ष नेपाल र उपाध्यक्ष विशाल भण्डारीलाई पत्र लेखेर आइएफआरसीले निलम्बन गरेको जानकारी गराएको हो । उनीहरू माथी संस्थाको आधारभूत मान्यतालाई कुल्चेको, सामान्य सिद्धांतहरु परिपालना नगरेको, प्रशनशनिक अराजकता निम्त्याएको, राजनीतिक आडमा आर्थिक लाभ लिएकोसहित कारण देखाउँदै उनीहरुलाई निलम्बन गरिएको हो ।

इन्टरनेसनल फेडेरेसन अफ रेड क्रसले कारबाही गरेकाहरू मूलतः राजनीतिक भागबन्डा गरेको आधारमा कारबाहीमा परेकाहरू छन् । र्यापोर्टर क्रिस्टिना कुम्पुलाले नेपाल रेडक्रसलाई पठाएको पत्रका अनुसार यसरी कारबाहीमा पर्नेहरू तीन जना नेपाली कांग्रेसका छन् भने नेकपा माओवादी केन्द्र र नेकपा एसका एक–एक जना छन् ।

नेपाली कांग्रेसका भएर रेडक्रसमा छिरेर कारबाहीमा पर्नेहरूमा प्राध्यापक सुदर्शनप्रसाद नेपाल, विनोद कुमार बस्नेत, मनोज कुमार थापा छन् । उनीहरूलाई तीन कसुरमा सजाय गरिएको छ ।

रेडक्रसले उनीहरूलाई टाइप १, टाइप २ र टाइप ७ को कसुरले कारबाही गरेको छ । टाइप १ भनेको रेडक्रसको आधारभूत सिद्धान्तको अवहेलना हो, टाइप २ भनेको रेडक्रसमा हुने राजनीतिक हस्तक्षेप हो भने टाइप ७ भनेको रेडक्रसको विधान ८ अनुसारको दायित्व नगरेको कसुर हो ।

कांग्रेस, माओवादी र नेकपा एस सरकार भएको बेलामा दलीय भागबन्डाको पत्रै सार्वजनिक भएको थियो । त्यसैको आधारमा अहिले तीन नेपाली कांग्रेसका नेता र माओवादी तथा समाजवादीका एक–एक जनालाई कारबाही गरिएको पत्र सार्वजनिक भएको छ । गैरराजनीतिक संस्थामा दलीय भागबन्डा हुँदा नेपालको बदनाम गर्ने एक विश्व उदाहरण बनेको छ रेडक्रसको यो कारबाही ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %