बुद्धका सन्देशलाई विश्वभर फैलाएर शान्तिदूतको भूमिका निर्वाह गर्न सकिन्छः पूर्व राष्ट्रपति भण्डारी

बुद्धका सन्देशलाई विश्वभर फैलाएर शान्तिदूतको भूमिका निर्वाह गर्न सकिन्छः पूर्व राष्ट्रपति भण्डारी
0 0
Read Time:1 Minute, 53 Second

लुम्बिनी । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले गौतम बुद्धका सन्देशलाई विश्वभर प्रचार प्रसार गरी शान्तिदूतको भूमिका निर्वाह गर्न सकिने बताइन ।

लुम्बिनीमा शुक्रबार थुक्छे छोईलिङ्ग मोनास्ट्री गुम्बाको शिलान्यास गर्दै पूर्व राष्ट्रपति भण्डारीले बुद्धका शान्ति, करुणा, र शिक्षाको महत्त्व आजको समयमा झनै बढेको उल्लेख गरिन ।

गौतम बुद्धले अहिंसा, करुणा, र शान्तिको मार्ग देखाए । उनको शिक्षाले संसारभर करोडौं मानिसलाई प्रेरित गरेको छ । तर, आज पनि कतिपय विकसित र शक्तिशाली देशहरूबीचको होडबाजीका कारण सर्वसाधारण नागरिक गोलाबारीको सिकार बन्नुपरेको, हिंसाको डर र त्रासमा बाँच्नुपर्ने अवस्था छ,झ उनले भनिन, त्यसैले बुद्धका शान्ति, करुणा, र शिक्षाको सान्दर्भिकता आजको दिनमा झन् बढेको छ ।

लुम्बिनी बौद्ध दर्शनको उद्गम स्थल भएको उल्लेख गर्दै उनले बौद्ध शिक्षा तथा दर्शनलाई अन्तर्राष्ट्रिय केन्द्रका रूपमा विकास गर्नुपर्ने धारणा व्यक्त गरिन। बुद्धका उपदेशहरू विश्वभर फैलाउने माध्यमका रूपमा लुम्बिनीको महत्त्वपूर्ण भूमिका रहने बताउँदै उनले बौद्ध सम्पदाको संरक्षण र प्रवर्द्धनमा विशेष ध्यान दिनुपर्नेमा जोड दिन ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %