बुटवलमा महिला फुटबल प्रतियोगिता हुँदै

बुटवलमा महिला फुटबल प्रतियोगिता हुँदै
0 0
Read Time:2 Minute, 46 Second

बुटवल । रुपन्देहीमा प्रथम उपमेयर कप नकआउट फुटबल प्रतियोगिता २०८१ हुने भएको छ । चैत २३ गतेदेखि शुरु हुने प्रतियोगिताकोे तयारी अन्तिम चरणमा पुगेको आयोजक बिस पचहत्तर युवा परिवारका अध्यक्ष सुरेन्द्र थापाले शुक्रबार बुटवलमा पत्रकार सम्मेलन गरि जानकारी दिए ।

बिस पचहत्तर युवा परिवारको आयोजना र बुटवल उपहानगरपालिकाको संरक्षकत्वमा सिद्धेश्वरी लालकुमारी मावि खेलमैदानमा हुने प्रतियोगिताको लागि दुई महिनादेखि मैदान मर्मत चलिरहेको उनले बताए । प्रतियोगितामा भाग लिने आठ टिमको टुङ्गो लागेको उनले बताए । दर्शकलाई सहजताका लागि अस्थाई प्याराफिट निमार्ण गरिएको तथा टिकटको ब्यवस्था गरिएको उनले बताए । प्रतियोगितामा राष्ट्रिय टिमका खेलाडीहरु विभिन्न टिमबाट खेल्ने उनले बताए ।

कार्यक्रममा अखिल नेपाल फुटबल संघका केन्द्रिय उपाध्यक्ष दीर्घ बहादुर केसी (कुमार) ले फुटबलको उर्वरभूमीका रुपमा पहिचान बनाएको रुपन्देहीमा पछिल्लोसमय महिला फुटबलको आर्कषण रहेको बताए । कार्यक्रममा संयोजक बुद्धि बहादुर दर्जीले प्रतियोगिताको उपाधि विजेता टिमले नगद १ लाख रुपैयाँ, कप, मेडल, प्रमाणपत्र तथा उपविजेता टिमलाई नगद ५० हजार रुपैयाँ, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने बताए । यसैगरि विधागत रुपमा सर्वोत्कृष्ट खेलाडीलाई २५ हजार रुपैयाँसहित कप तथा ४ जना उत्कृष्ट खेलाडीहरुलाई नगद १० हजारसहित कपबाट पुरस्कृत गरिने उनले बताए ।

प्रतियोगितामा आयोजक बिसपचहत्तर युवा परिवार, सुनवल नगरपालिका, बिरगंज युथ एकेडेमी, बसन्त युनाईटेड क्लब चितवन, हेटौडा फुटबल एकेडेमी, राईजिङ स्टार युवा क्लब कपिलबस्तु, वालिङ, एमएससी भारतको टिमले उपाधिका लागि प्रतिस्प्रर्धा गर्ने उनले बताए । चैत २३ गतेदेखि ३० गतेसम्म संचालन हुने प्रतियोगितामा १५ लाख खर्च हुने अनुमान आयोजकको रहेको छ ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %