तिलोत्तमा गोल्डकपः एपीएफ अन्तिम चारमा

तिलोत्तमा गोल्डकपः एपीएफ अन्तिम चारमा
0 0
Read Time:2 Minute, 2 Second

बुटवल। २३औं तिलोत्तमा गोल्ड कप नकआउट फुटबलमा एपीएफ फुटबल क्लबले विजयी सुरुवात गरेको छ । आइतबार बुटवलस्थित देविनगरमा भएको खेलमा आयोजक रुपन्देही–११ लाई १–० ले हराउँदै एपीएफले विजयी सुरुवात गरेको हो । जितसँगै एपीएफ अन्तिम चारमा समेत पुगेको छ । शनिबार खेल स्थगित हुँदा लिएको १–० को अग्रतालाई जोगाउन एपीएफ सफल भयो ।

शनिवार हावाहुरीका कारण पहिलो हाफ पनि दोस्रो हाफको खेल हुन सकेको थिएन । आज रोकिएकै अवस्थाबाौ खेल अघि बढाइएको थियो । कप्तान हरि कार्कीले १७ औं मिनेटमा गोल गर्दै एपीएफलाई अग्रता दिलाएका थिए । केही राम्रा अवसरमा गोल गर्न चुके पछि आयोजक रुपन्देही–११ पहिलो खेलबाटै बाहिरिएको छ ।

एपीएफका विशाल गुरुङ प्लेयर अफ दी म्याचबाट पुरस्कृत भए । उनले ११ हजार १ सय ११ रुपैयाँ प्राप्त गरे । आज दिउँसो दोस्रो खेल चर्च ब्याइज युनाइटेड र नेपाल पुलिस क्लबबीच खेल हुनेछ ।

प्रतियोगिताको विजेता टोलीले १२ लाख १२ हजार २ सय २२ रुपैयाँ र दोस्रो टोलीले ६ लाख ६६ हजार ६ सय, ६६ रुपैयाँ प्राप्त गर्नेछन् । रुपन्देही एन्फाको आयोजना, बुटवल उपमहानगरपालिकाको संरक्षक तथा यशोदा फुड्स प्रालि र त्रिमुर्ति इण्डस्ट्रिज प्रालिको मुख्य प्रायोजन रहेको प्रतियोगितामा प्रदेश खेलकुद परिषद लुम्बिनी मुख्य सहयोगी रहेको छ ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %