दीपेश पुन लगायतमाथि सङ्गठित अपराधमा प्रहरीले अनुसन्धान गर्दै

दीपेश पुन लगायतमाथि सङ्गठित अपराधमा प्रहरीले अनुसन्धान गर्दै
0 0
Read Time:5 Minute, 49 Second

टवल । बुटवलको सुप्रिम सहकारीको रकम ठगी गरेको आरोपमा काठमाडौँबाट पक्राउ गरी बुटवल ल्याइएका दीपेश पुनसहित पाँच जनाविरुद्ध प्रहरीले सङ्गठित अपराधको मुद्दामा अनुसन्धान अगाडि बढाएको छ । दीपेश पूर्व उपराष्ट्रपति नन्दबहादुर पुनका छोरा हुन् । सङ्गठित अपराधको मुद्दा अन्तर्गत प्रहरीले ६० दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न पाउँछ । दीपेश लगायतमाथि अनुसन्धान गर्न अझै समय लाग्ने र सहकारी आफैँमा सङ्गठित भएकाले ठगी मुद्दाबाट सङ्गठित अपराधमा रुपान्तरण गरी अनुसन्धान अगाडि बढाएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख तथा डीएसपी विजयराज पण्डितले बताए ।

उनले भने, ‘सहकारीको रकम हिनामिनामा धेरै जना जोडिएकाले सङ्गठित अपराधको रूपमा हेरेर अनुसन्धान गरेका छौँ । त्यसमा केही पक्राउ परेका छन् भने अन्य केहीलाई पक्राउ गर्न बाँकी छ ।’पुनलाई चैत २ गते काठमाडौँमा पक्राउ गरी बुटवल ल्याइएको थियो । फागुन ४ गते सहकारीका वर्तमान अध्यक्ष ओमप्रकाश गुरुङ र भैरहवा शाखाकी व्यवस्थापक दुर्गा पाण्डेय चापागाईलाई प्रहरीले पक्राउ गरेको थियो ।

सहकारीका सञ्चालक र कर्मचारीका रूपमा रहेका कुमार रम्तेल र सहकारीको आईटी प्रमुख भविश्वर अर्याललाई पनि पोखराबाट बुटवल ल्याएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । उनीहरू सबैलाई इलाका प्रहरी कार्यालय बुटवलमा राखिएको छ ।प्रहरीले सहकारी रजिस्ट्रार र कम्पनी रजिस्ट्रार कार्यालयबाट मगाएको विज्ञ टोली र सीबीआईको सहायतामा अनुसन्धान गरिरहेको रुपन्देही प्रहरी प्रमुख एवं एसपी रञ्जित सिंह राठौरले बताए । अहिले विभिन्न कोणबाट अनुसन्धान भइरहेकोले उनको भनाइ छ ।

ऋणी र बचतकर्ता प्रहरीको सम्पर्कमा
रुपन्देही, कपिलवस्तु, नवलपरासीका धेरै बचतकर्ता रहेको सुप्रिम सहकारीका अध्यक्ष एवं कर्मचारी पक्राउ परेपछि प्रहरीले सूचना जारी गरेर बचतकर्तालाई निवेदन दिन आग्रह गरेको थियो । अहिलेसम्म एक हजार ७२२ जनाले इलाका प्रहरी कार्यालय बुटवलमा निवेदन दिएका छन् । यस्तै प्रहरीले यही हप्ता सुप्रिम सहकारीबाट ऋण लिएका व्यक्तिहरूलाई सम्पर्कमा आउन सूचना जारी गरेको थियो । सोही अनुसार बचतकर्ता र ऋणी दुवै यतिबेला प्रहरीको सम्पर्कमा छन् ।
प्रहरीका अनुसार बचतकर्ताहरूले आफ्नो रकम फिर्ता ल्याइदिन भन्दै निवेदन दिएका छन् भने अहिले ऋण लिएका २७ जनासमेत सम्पर्क आएका छन् । यसअघि पक्राउ परेका अध्यक्ष ओम गुरुङ र भैरहवाका व्यवस्थापक दुर्गा पाण्डेय चापागाईले सहकारीबाट ऋण लिएकाहरूले रकम फिर्ता नगरेका कारण सहकारीमा समस्या आएको प्रहरीलाई बयान दिएका थिए । इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी पण्डितले मुद्दा दर्ता गर्ने अन्तिम दिनसम्म पनि बचतकर्ताको निवेदन लिने बताए ।सहकारीबाट जीबी राई र उनी संलग्न विभिन्न पाँच वटा कम्पनीलाई ७८ करोड ५० लाख ७६ हजार ६६५ रुपैयाँ ऋण दिइएको छ । अन्य एक सयभन्दा धेरै ऋणी छन् ।२०७२ फागुनको साधारण सभाबाट सुप्रिमको अध्यक्षमा गितेन्द्रबाबु (जीबी) राई र दीपेश पुन कोषाध्यक्ष चयन भएका थिए ।

बुटवलमा २०५७ सालमा दर्ता भएर सञ्चालनमा रहेको मैत्रेय बचत तथा ऋण सहकारी संस्थाको नाम परिवर्तन गरेर २०७२ साल फागुनदेखि सुप्रिम बचत तथा ऋण सहकारी संस्था बनाइएको थियो । २०७६ साल कार्तिकमा भएको साधारण सभाबाट पुन सहकारीको सचिव बनेका थिए । पुन सचिव भएकै समयमा सुप्रिम सहकारीले बचतकर्ताको करोडौँ रकम अपचलन गरेको लुम्बिनी प्रदेशको सहकारी दर्ता अधिकारीको कार्यालयले तयार गरेको प्रतिवेदनमा उल्लेख छ ।

रकम हिनामिना गरेको मुख्य आरोपित संस्थापक राई र बुटवल व्यवस्थापक सागर केसी अहिले फरार छन् । पूर्व उपराष्ट्रपति नन्दकिशोर पुनका छोरा दीपेश माओवादी पार्टी निकट विद्यार्थी सङ्गठन अनेरास्वियुका केन्द्रीय महासचिव हुन् । रोल्पा घर भएका पुन बेला बेलामा बुटवलमा आउने जाने गरेका थिए । पार्टीको विद्यार्थी राजनीतिमा उच्च पद पुगेका पुनलाई भेट्न पार्टीका माथिल्लो तहका नेताहरू नआएको प्रहरी स्रोत बताउँछ ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %