बुटवलमा प्रदेशस्तरीय श्रम सम्मेलन सम्पन्न
- लुम्बिनी प्रेस संवाददाता
- पुस ११, २०८१
- 315 Shares
-
बुटवल । संयुक्त ट्रेड युनियन समन्वय केन्द्र जेटियुसिसी लुम्बिनी प्रदेश समन्वय समितिको आयोजनमा बुटवलमा प्रदेश स्तरीय श्रम सम्मेलन सम्पन्न भएको छ।
सबै राजनीति दलहरुको प्रतिनिधित्व हुने गरि ट्रेड युनियनको छाता संगठन संयुक्त ट्रेड युनियन समन्वय केन्द्रले लुम्बिनी प्रदेशका श्रमिकका समस्यालाई साझा रुपमा उठाएर सरकारलाइ दबाब दिने गरि श्रम सम्मेलन आयोजना गरिएको हो।
ट्रेड युनियन काङ्ग्रेस लुम्बिनी अध्यक्ष काजिमान श्रेष्ठको अध्यक्षतामा आयोजना भएको कार्यक्रममा बोल्दै उनले श्रमिकहरुका बिभिन्न किसिमका समस्याहरुको सामाधानको लागि प्रयास गर्नको लागि कार्यक्रम आयोजना गरिएको बताए ।
ट्रेड युनियन काङ्ग्रेसका राष्ट्रिय अध्यक्ष योगेन्द्र कुवरले लुम्बिनी प्रदेशका समस्या समाधान गर्नको लागि आफुले सक्दो प्रयास गर्ने बताएका थिए ।
कार्यक्रममा समाजबादी ट्रेड युनियनका केन्द्रिय अध्यक्ष नवराज दहाल, कर्मचारी एसोशियसन महासंघका केन्द्रिय अध्यक्ष मणिरत्न श्रेष्ठ, जिफन्ट लुम्बिनी प्रदेश अध्यक्ष हुमाकान्त काफ्ले, अखिल नेपाल ट्रेड युनियन महासंघका प्रदेश अध्यक्ष बसन्त मल्ल लगायतले बोलेका थिए ।
प्रतिकृया दिनुहोस्
- युवालाई धर्म र भजनसँग जोड्न नेपाल मानव धर्म सेवा समितिमा आज भजन सन्ध्या हुदै
- मैनाबगरको सूर्योदय प्राविमा १६५ विद्यार्थीको मुख तथा दन्त परीक्षण
- दीप एकेडेमिमा ४ सय विद्यार्थीको दाँत, मुख तथा आँखा परीक्षण
- आधुनिक समाज डेन्टल द्वारा दीप एकेडेमीका १९४ विद्यार्थीको निःशुल्क मुख स्वास्थ्य परीक्षण
- बुटवलमा ARE GP क्वालिफायर्स, धीरजसहित तीन राइडर ग्रान्ड फिनालेमा
- कांग्रेस १५औँ महाधिवेशनमा नीमा गिरी केन्द्रीय सदस्य (महिला) उम्मेदवार
- बुटवलमा भोलि ARE जीपीको पहिलो क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने
- कपिलवस्तुमा लैंगिक उत्तरदायी तथा समावेशी शासनबारे सार्वजनिक सुनुवाइ
- बुटवल–१६ का वडा सदस्य विष्णु सापकोटा कांग्रेस प्रदेश अधिवेशन प्रतिनिधिमा विजयी
- रुपन्देही–३ बाट महाधिवेशन प्रतिनिधिमा बालकृष्ण खाँणको उम्मेदवारी

लेखकको सम्वन्धमा