जनशक्ति अभावका बिच भिम अस्पताल भैरहवा सुधारउन्मुख, यस्ता भईरहेका छन काम

जनशक्ति अभावका बिच भिम अस्पताल भैरहवा सुधारउन्मुख, यस्ता भईरहेका छन काम
0 0
Read Time:11 Minute, 5 Second

बुटवल । नेपाल भारत सिमा क्षेत्र एवं रुपन्देही जिल्लाको सदरमुकाम भैरहवा सिद्धार्थनगरमा रहेको भिम अस्पतालले आफ्नो सेवालाई चुस्त बनाउदै आएको छ।

भैरहवा क्षेत्रको सबै भन्दा पुरानो र सरकारी अस्पतालको रुपमा रहेको भिम अस्पतालले विशेषज्ञ सेवा बढाउदै क्षमता भन्दा बढि सेवा दिइरहेको छ ।
अस्पतालको सेवाहरु विस्तार हुदै जादा स्वास्थय सेवा लिनेको संख्यामा पनि धेरै नै परिवर्तन भएको छ । बहिरंग सेवामा दैनिक ४ सय जना सम्म विरामीहरु सरदर अस्पताल आइरहेको तथ्याङ छ भने प्रयोगशाला, सर्जरी र प्रसुतीमा पनि सेवाग्राही बढिरहेका छन यो अस्पतालको लागि राम्रो पक्ष हो । पूर्वाधार निर्माण र उपकरणहरु थपिदै गएपनि जनशीक्त, अभाव कायमै छ ।

५० वेड क्षमता रहेको अस्पतालले दोब्बर भन्दा बढि वेड विस्तार गरि १०७ वेडबाट विरामीलाई सेवा दिदै आएको छ ।
अस्पतालले १० जना कनसल्टेन्ट, १५ जना मेडिकल अफिसर लगायतबाट एक वर्षमा १ लाख १२ हजार ८ सय ४५ जनालाई ओपिडी सेवा बहिरंग सेवा, १४ हजार ९ सय १३ जनालाई आकस्मिक सेवा प्रदान गरेको छ । अस्पतालमा कुल सेवाग्रहीको ८४ प्रतिशत ओपिडी सेवा लिने रहेका छन भने जसमध्ये ६२ प्रतिशत पुरुष रहेका छन । अस्पतालमा दैनिक अहिले सरदर ६ सय बिरामी आइरहेका छन । सिमित जनशक्ति र स्रोत साधनले १ जना नर्स बराबर १३ जना विरामीलाई सेवा दिनु परेको छ । अस्पतालले थप जनशक्तिबाट विशेषज्ञ सेवाहरु पनि थप्ने क्रममा छ ।

अस्पतालको सेवामा विस्तार भएपनि भौतिक पूर्वाधारमा अस्पतालको अवस्था नाजुक छ । क्षेत्रफल पर्याप्त भएपनि भएको ४ वटा भवनले अस्पताल व्यवस्थापन गर्न चुनौति छ । प्रसुतिको लािग भवन निर्माण सम्पन्न भएपनि हस्तान्तरण भएको छैन र यस्तै डाक्टर र नर्सको २-२ वटा आवास भएपनि अपर्याप्त छ । प्यारामेडिक्स आवास, कर्मचारी आवास, प्रसुति कुरुवा कक्ष छैन भने पोस्टमार्टम रुम १ वटा भएपनि अपर्याप्त रहेको छ ।
न्युनतम स्वास्थ्य सेवा मापदण्ड मूल्यांकनमा भीम अस्पताल, मुलुकभरका जिल्ला र प्रादेशिक अस्पतालहरुको टप सूचिमै रहेको छ । अस्पतालको गुणस्तर सुधारमा उल्लेख्य प्रगती भएको यसले पनि पुष्टि हुन्छ । विगत ४ वर्ष देखि अस्पतालमा धेरै सुधार भएको न्यूनतम सुचकले पनि देखाएको छ । २०७७-७८मा ५३ प्रतिशत, २०७८-७९ मा ५६ , २०७९-८० मा ८८ हुदै २०८०-८१ मा ९० प्रतिशत अंक न्युनतम स्वास्थ्य सेवा मापदण्ड मूल्यांकनमा अस्पताले ल्याएको छ ।
विगत ३ वर्षको तुलनामा वर्षेनी विरामीहरुको चाप बढ्दै गएको देखिन्छ आर्थिक वर्ष २०७८-७९ मा ६३ हजार २ जनाले ओपिडी सेवा लिएकोमा वर्ष २०८०-८१ मा १ लाख १२ हजार ८ सय ४५ जनाले ओपिडी सेवा लिए । यस्तै ३ हजार ८ सय ७४ जनाले आकस्मिक सेवा लिएकोमा १४ हजार ९ सय १३ जनाले वर्ष २०८०-८१ मा सेवा लिए ।

सबैको प्रयासले सुधारउन्मुख बन्दैछ : मेसु गुप्ता

अस्पतालकी प्रमुख मेडिकल सुपरीटेण्डेण्ट डा. शकुन्तला गुप्ताले अस्पतालले कर्मचारीको सामुहिक प्रयासले अस्पतालले लक्ष्य भन्दा बढि प्रगति हासिल गरेको भएपनि म अझै पनि सन्तुष्ट छैन । विशेषज्ञ चिकित्सक, नर्सिङ, सफाईकर्मी लागयतको क्षेत्रमा जनशक्ति अभाव, स्वासथ्यकर्मी अवास र पोष्टमार्टम गृहमा पूर्वाधारको कमि रहेको बताउदै नवनिर्मित प्रसुति भवन हस्तान्तरण भएपछि सेवा थप विस्तार हुने गूप्ताले बताईन ।

‘स्वास्थ्य कार्यक्रमहरु उत्कृष्ट रहेको र केहीमा सुधार गर्नुपर्ने देखिएको छ’ उनले भनिन ‘हाडजोर्नी तथा नशा रोगका विरामीहरुका लागि सेवा विस्तार, आइसियुमा सेवा विस्तार र हेल्थ केयर फोहोर व्यवस्थापनको मापदण्ड अनुसार फोहोर व्यवस्थापन गर्न नसकेकोले यसलाई योजनामा राखेको छ।’
अस्पतालमा २०७७-७८ बाट स्वास्थ्य विमा सुरुवात गरिएकोमा ४० हजार ३ सय ९९ जनाले सेवा लिएका छन ।

विमा अन्तर्गतको रकम समायोजन हुन नसक्दा समस्या भएको छ, विमा बापत दावी गरिएको रकम ५ करोड २ लाख ५४ हजार ५ सय ९१ रुपैयाँमा प्राप्त भएको रकम ३ करोड १० लाख ७८ हजार रहेको छ । १ करोड ९१ लाख ७५ हजार भुक्तानी हुन बाकी रहेको अस्पताल प्रशासनले जानकारी दिएको छ । समयमा भुक्तानी नहुने, सफटवेयर अपडेट भैरहदा दाबीहरु प्रभावित हुने, सेवामा सिमा तोकिनु,अस्पतालमा सबै सेवा नहुदा विमितहरु अन्य अस्पतालमा रिफर भै जानु पर्ने लगायतका चुनौतिहरु स्वास्थ्य विमा कार्यक्रममा देखिएको छ ।

२५ सैयाको हुदा ४२ जनाको दरबन्दी रहेकोमा २३ जना थिए भने अहिले अपग्रेड गरेर ५० सैयामा अस्पताल संचालित छ । ७१ जनाको दरबन्दी रहेको अस्पतालमा २५ जना स्थायी २५ जना र करारमा ३२ जना गरि ५७ जना मात्रै दरबन्दी अनुसारको जनशक्ति छन । सिओएनएस, एसएसयु, ओसिएमसी लगायतका विभिन्न कार्यक्रम छात्रवृतिबाट १८ जना, अस्पताल व्यवस्थापन समितिबाट ३० जना, दैनिक ज्यालादारीमा गरि १६६ जना जनशक्ति अस्पतालमा छन ।
रुपन्देहीको पुरानो अस्पतालको रुपमा रहेको यसलाई सुधार गर्न सरकारी तथा निजी क्षेत्रबाट पनि सहयोग भइरहेको छ । अस्पताल सुधारका लागि जोश र जागरका साथ योजनाबद्ध ढङगले काम अगाडि बढेको छ । अस्पताल भित्र सुधार देखिने गरी काम भएको मेसु गुप्ताले बताइन ।
यस प्रदेशकै पहिलो जिल्ला अस्पतालको रुपमा सिटी स्क्यान सेवा सुरु २४ घण्टा दिदै आएको छ । २०७४ साल देखि फार्मेसी संचालन गर्दै आएको अस्पतालमा अहिले ३३५ भन्दा बढि प्रकारको औषधी रहेको छ ।

७ जना जनशक्तिबाट सो सेवा प्रदान भइरहेको छ जसबाट औसतमा २७ लाखको औषधी मासिक विक्री भइरहेको छ । यस्तै प्रयोगशाला, सर्जरी, भिडियो एक्सरे (रोडीयोलोजी ), बहिरंग र प्रसुतीमा पनि सेवाग्राही बढिरहनु, पूर्वाधार निर्माण र उपकरणहरु थपिएसँगै भएकै जनशीक्तमा सेवा दिनु पर्ने बाध्यात्मक अवस्था रहेको छ । सरकारी सेवा बाहेकका अन्य सेवा हरु पनि अस्पतालले विस्तार गर्न लागेको अस्पताल प्रशासनले जानकारी दिएको छ ।कोरोनाको बेला भीम अस्पतालले उत्कृष्ट काम गर्न सफल भएको थियो ।

८८ वर्ष अगाडि तत्कालिन प्रधानमन्त्री भीम समशेरको शासनकालमा ३ शैयाबाट स्थापित अस्पताल वि.स. २०३५ सालमा १५ सैयामा र २०४१ सालमा २५ सैयामा स्तरोन्नती भयो । आ. व. २०७७/७८ मा २५ सैयाबाट ५० सैयाको लागि प्रस्तावित भएको अस्पताल १०० शैयाको अस्पतालको रुपमा सरकारले घोसणा भयो । हाल नेपाल सरकारको प्रस्तावित ५० सैया बाट चलेको अस्पतालमा भीम अस्पताल विकास समितिको आर्थिक श्रोत एवं व्यवस्थापनबाट थप गरि कूल १०७ शैया संचालित छ । स्वीकृत प्राप्त भएपनि सिमित जनशक्तिमा (दरबन्दी अनुसारको जनशक्ति नभएपनि) संचालित छ ।
भीम अस्पताल विकास समितिका अध्यक्ष डा. अनन्त कुमार शर्माले एकजनाको प्रयासले कुनै संस्थाले प्रगति हासिल नगर्ने भएकोले सामुहिक प्रयासले भिम अस्पतालमा आमुल परिवर्तन भएको छ ।

अझै पनि थप सेवा दिनका लागि हामी लागीपरेका छौ, यस पछिका अस्पतालमा भएका विकासको तुलनामा भिम पछि परेपनि सबैको साथ भए यस्को विकास हुने बताए । ‘हामीले टीमवर्कमा विश्वास गर्छौं’, उनले भने, ‘अहिले प्रदान गरिरहेका सेवालाई अझै प्रभावकारी बनाइ थप गर्दै लैजानुपर्छ । यसका लागि हाम्रो टिमले निरन्तर काम गर्ने छ ।’ एजनाको प्रयासले अस्पताललाई सबैको भरोसायोग्य बनाउन नसकिने जनाउँदै उनले यसका लागि सबै विभागले उत्तिकै काम गर्नुपर्ने जनाए ।

अस्पतालमा सुधार धेरै भएकोले बिरामीको रोजाइमा पर्न सफल भएको तथ्याङकले देखाउछ । आईसीयू सेवा अत्यन्तै आवश्यक रहेकाले अस्पतालले आईसीयू सेवा सञ्चालन गर्न जरुरी देखिन्छ । अस्पतालमा सरसफाइ र बोली व्यवहारमा सुधार गर्नुपर्ने, आर्थिक अवस्था कमजोर भएका धेरै बिरामीहरु यो अस्पतालमा सेवा लिन आउने गरेको पाइएकोले सेवामैत्री हिसाबले काम गर्न जरुरी देखिन्छ ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %