मदाने कर्मचारी युनियनकाे अध्यक्षमा भट्टराई
गुल्मी । गुल्मीको मदाने गाँउपालिकामा हिजो सम्पन्न दोस्रो अधिवेशन बाट डिल्लि राज भट्टराईको अध्यक्षतामा नया कार्य समिती चयन भएको छ ।
जसको उपाध्यक्ष (खूल्ला ) बाट तिर्थ पन्थी ,समावेशि बाट नन्दा कुमारी थापा, सचिवमा बसन्त कुँवर,सह सचिव शुसिल घिमिरे, कोषाध्यक्षमा लाल बहादुर घर्ति रहेका छन् ।
समिक्षा भण्डारी, मनिष कुमार बुढाथोकि,कुल बहादुर घर्ति,बिष्णु चन्द,खिमा जिसी,बिरेन्द्र खडायत,निर्मला ओली,तिर्थराज पन्थी, शिवहरी पन्थी ,सुरज कुमार दास, लाल बहादुर कुँवर,बाबुराम पन्थी र शिवहरी गौतम गरी सदस्यहरु सहित उन्नाइस सदस्यीय नया कार्य समिती गठन भएको हाे ।
नेपाली काँग्रेस मदाने गाँउपालिकाका पार्टि सभापति तथा गाँउपालिकाका अध्यक्ष महेन्द्र बहादुर कुँवरको प्रमुख आतिथ्यमा सम्पन्न अधिवेशनमा आधिकारीक टे्रड युनियन गुल्मीका अध्यक्ष खिम बहादुर अधिकारी, युनियनका जिल्ला अध्यक्ष मेघलाल पाण्डे,डिबि कार्कि र कमल पाण्डे लगायतको उपस्थिती रहेको थियो ।
नया निर्वाचित अध्यक्ष भट्टराईले समितीले कर्मचारीको हक हितका पक्षमा काम गर्ने र आफ्ना गतिबिधीहरु गर्दा कर्मचारी प्रशासनको अनुशासन मर्यादा भित्र रहेर गर्ने प्रतिबद्घता समेत जनाएका छन् । कार्यक्रममा प्रमुख अतिथी र अतिथीहरुले शुभकामना मन्तव्य राखेका थिए ।

लेखकको सम्वन्धमा