साझा हस्पिटल र इन्जिनियर्स एशोसियसन बीच स्वास्थ्य सेवा सम्झौता

साझा हस्पिटल र इन्जिनियर्स एशोसियसन बीच स्वास्थ्य सेवा सम्झौता
0 0
Read Time:2 Minute, 16 Second

बुटवल । गुणस्तरीय स्वास्थ्य सेवामा समर्पित बुटवल–८ श्रवणपथस्थित चाँदबारी चोकमा रहेको साझा हस्पिटल प्रा.लि. बुटवल र नेपाल इन्जिनियरिङ एशोसिएसन लुम्बिनी प्रदेशका सदस्य र उनका परिवार सदस्यहरुलाई स्वास्थ्य सेवामा विशेष सुविधा उपलब्ध गराउने सम्बन्धमा महत्वपूर्ण सम्झौता गरिएको छ ।

साझा अस्पतालका अध्यक्ष गोविन्द खनाल र नेपाल इन्जिनियरिङ एएशोसियसन लुम्बिनी प्रदेशका सभापति ई. महेश्वर लम्सालले अस्पतालले दिने उपचार तथा सहुलियतका विषयमा हस्ताक्षर गरेका हुन् ।

स्वास्थ्य सेवा सम्झौतापछि आगामी २ वर्षसम्म अस्पतालमा उपचार सेवा लिन आउने नेपाल इन्जिनियर्स एशोसियसनका पदाधिकारी तथा सदस्यहरुलाई स्वास्थ्य उपचार सेवा औषधी तथा सर्जिकलमा १० प्रतिशत छुट दिने भएको हो । त्यस्तैगरी अस्पतालमा उपचार हुने अप्रेशन, बेड, ल्याब टेष्ट,ईसीजी, युएसजीलगायतका स्वास्थ्य सेवाहरुमा २० प्रतिशत सम्मको छुट सुविधा प्रदान गरिएको ई. सागर भुसालले बताए ।

अस्पतालले विभिन्न समयमा लुम्बिनी प्रदेशका विभिन्न जिल्लाहरुमा विशेषज्ञ डाक्टरसहित स्वास्थ्य शिविर गर्दै आईरहेको छ । स्वास्थ्यलाई विशेष ध्यान दिदै लुम्बिनी प्रदेशका इन्जिनियर्स एशोसियसनका सदस्यहरुलाई पनि यो सेवा तथा सहुलियत उपलब्ध गराइएको हो ।

यो सम्झौता पछि आफ्ना संस्थाका सदस्यहरुलाई स्वास्थ्य उपचारका लागि सहुलियत रकममा गुणस्तरीय सेवा प्रदान गरी सदस्यलाई सहजता प्राप्त हुने एशोसियसनका लुम्बिनी प्रदेश अध्यक्ष लम्सालले बताए ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %