धतिवाङ्ग रुपन्देही सम्पर्क समाजको तिज मिलन सम्पन्न
बुटवल ।अर्घाखाँची धतिवाङ्ग रुपन्देही सम्पर्क समाजले शनिबार तीज मिलन कार्यक्रम सम्पन्न गरेको छ । समाजले रुपन्देहीमा बसोबास गर्ने दिदीबहिनी तथा चेलीबेटीहरुलाई जम्मा गरेर तीजमिलन कार्यक्रम सम्पन्न गरेको हो ।
बुटवलको अर्घाखाँची पार्टी प्यालेसमा आयोजित कार्यक्रममा अर्घाखाँचीको पाणिनी गाउँपालिका अन्तर्गत धतिवाङ्ग बाट रुपन्देही आइ बसोबास गर्नेहरु सहभागी थिए । आफ्नो मौलिक कला र संस्कृति जगेर्नाको लागि तीज मिलन कार्यक्रम गरिएको समाजका अध्यक्ष देवी प्रसाद पौडेलले जानकारी दिनुभयो । तीजगीत कार्यक्रमसँगै दर खुवाउने कार्यक्रम समेत गरिएको थियो । कार्यक्रमा पाणिनी गाउँपालिका अधक्ष्य टेकराज न्यौपाने यस्ता तिज मिलान कार्यक्रमले आपसी तालमेल बढाउन सहयोग गर्ने बताउनु भयो । उहाँले पाणिनी गाउँपालिका अव विकासको लहरमा अगाडि बढेको बताउनु भयो। पाणिनी गाउँपालिका वार्ड ६ धतिवाङ्गका अध्यक्ष कृष्ण प्रसाद पौडेलले अब धतिवाङमा विकासको लहर बढेको बताउनु भयो ।
समाजका निवर्तमान अध्यक्ष थानिशोवर पौडेलले धतिवाङ्गको भौगोलिक विविधताका बारेमा प्रकाश पार्नुभएको थियो ।समाज गठन भएसँगै विभिन्न गतिविधि सुरु गरिएको समाजका उपाध्यक्ष नमराज पौडेलले बताउनु भयो । संस्कृतिको रक्षा गर्ने र आपसी भाइचारा एवं भातृत्वको विकास गर्ने उद्देश्यले तीज मिलन कार्यक्रम गरिएको समाजका सचिव गंगा पौडेलले बताउनु भयो ।
कार्यक्रममा पाणिनी गाउँपालिका अन्तर्गत वार्ड नं ६ धतिवाङ्गबाट निर्बाचित जनप्रतिनिधि हरुलाई सम्मान समेत गरिएको थियो । कार्यक्रममा सहभागी महिलाह दिदी बहिनी हरुले दिनभर नाचगान गरी रमाइलो गरेका थिए । उनीहरुले यस्ता कार्यक्रमले आपसी भेटघाटका साथै सम्बन्ध सुमधुर बनाउने भन्दै आगामी वर्ष पनि निरन्तरता दिन माग गरेका छन् ।कार्यक्रम समाजका सह सचिव हरी धिमिरेको सञ्चालनमा सम्पन्न भएको थियो ।

लेखकको सम्वन्धमा