मानव अधिकार तथा शान्ति समाज रुपन्देहीको अध्यक्षमा भट्टराई
बुटवल । मानव अधिकार तथा शान्ति समाज रुपन्देही शाखाको २३ औ साधारणसभाले खिमप्रसाद भट्टराइ (कृष्ण)को अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति सर्वसहमत निर्वाचित गरेको छ ।
उपसभापतिमा कपिल ज्ञवाली,सचिवमा कृष्ण पाण्डे , सहसचिवमा फुलु सुनार र कोषाध्यक्ष लिलाधर लुईटेल चयन हुनुभएको छ । त्यस्तै अर्जुन कुवर,अर्जुन ज्ञवाली,कृष्ण भण्डारी,मोहनीलाल न्यौपाने,रत्ना कडेंल,केशवराज पाण्डे,सिता पौडेल,नन्दु थापा रहेका छन् ।
बांकी १ महिला सदस्य कार्यसमितिको पहिलो बैठकले नियुक्त गर्नेछ । नयां नेतृत्वको कार्यकाल २ बर्षको हुनेछ ।
साधारणसभाको बन्दसत्रमा कार्यक्रममा अध्यक्ष डिपि खनाल र कोषाध्यक्ष धना खनालको प्रतिबेदन पारित गरिएको छ ।
मानव अधिकार तथा शान्ति समाज रुपन्देही शाखाको २३ औ साधारणसभाको बुटवलमा उद्घाटन गर्दै लुम्बिनी प्रदेशका पर्यटन ग्रामिण तथा शहरी बिकास मन्त्री डिल्लीबहादुर चौधरीले शान्तिपूणर् आन्दोलनले सकारात्मक परिवर्तन गर्ने बताएका छन । उनले विश्वमा भएका हिंसात्मक आन्दोलन भन्दा शान्तिपूणर् आन्दोलनले बिजयी प्राप्त गर्ने गरेको भन्दै उहाले गान्धि,गौतमबुद्ध र शान्ति समाजका आन्दोलनहरु सधै शान्तिपूर्ण हुने उल्लेख गरे।
मन्त्री चौधरीले नेपालका राजनीतिक परिवर्तन साथै समाज रुपान्तरणमा मानव अधिकार तथा शान्ति समाजको भूमिका प्रशंसायोग्य रहेको बताए ।
अबको बाटो आवश्यकता र समाज हेरेर अघि बढ्नुपर्ने भन्दै उनले शासकलाइ सहि बाटोमा हिडाउन शान्ति समाजले अभियान चलाइरहनुपर्ने उल्लेख गरे ।सो अबसरमा सो अबसरमा शान्ति समाजका केन्द्रिय सभापति गोबिन्द खनालले समाजले परिवर्तनको अभियानको नेतृत्व गरेको बताए । कार्यक्रममा सल्लाहकार तथा केन्द्रिय निवर्तमान सभापति उत्तम पुडासैनीले पृथ्वी बचाउने अभियान सबैभन्दा महत्वपूर्ण रहने बताए ।

लेखकको सम्वन्धमा