न्युजिल्यान्डविरुद्ध नेपालले पहिले फिल्डिङ गर्ने
Read Time:43 Second
काठमाडौं । आईसीसी यू–१९ विश्वकपमा नेपालले न्युजिल्यान्डविरुद्ध पहिले फिल्डिङ गर्ने भएको छ।
इस्ट लन्डनको बफेलो पार्कमा न्युजिल्यान्डले टस जितेर ब्याटिङ रोजेपछि नेपालले पहिलो फिल्डिङको निम्तो पाएको हो ।
नेपाल रहेको समूह ‘डी’ मा पाकिस्तान, अफगानिस्तान र न्युजिल्यान्ड रहेका छन् । नेपालले दोस्रो खेल आगामी बुधबार पाकिस्तानसँग र शुक्रबार तेस्रो खेल अफगानिस्तानसँग खेल्ने छ ।

लेखकको सम्वन्धमा