कालिकापथमा खुल्यो डिभाईन युनिसेक्स सलोन
बुटवल । बुटवल १३कालिकापथ कालिकानगरमा डिभाइन युनिसेक्स सलोन एण्ड एकेडेमी सञ्चालनमा आएको छ।प्रीती दुलालको १५ लाख एकल लगानीमा सञ्चालनमा आएको सलोन एण्ड एकेडेमीको सोमबार एक कार्यक्रमका बिच उद्घाटन गरिएको हो।
डिभाइन युनिसेक्स सलोन एण्ड एकेडेमीको समृद्धि सलोन एन्ड एकेडेमीका सञ्चालक मोहन ठाकुरले उद्घाटन गरेका हुन। उनले आफु संगै सिक्दै कामगर्दै आएकी दुलालले स्वरोजगार हुँदै नया जनशक्ति उत्पादन गर्नेगरी सलोन एण्ड एकेडेमी सञ्चालन गरेकोमा आफुलाई निकै खुसी लागेको बताए।
सञ्चालक दुलालले आफुले सिकेको सिपलाई उपयोग गर्दै केहिलाई रोजगारीको अवशर र जनशक्ति उत्पादन गर्नको लागि सलोन एन्ड एकेडेमी सञ्चालनमा ल्याएको बताईन।गुरु पुर्णिामाको दिन आफुले सिकेको गुरुको हातबाट एकेडेमी सलोन शुभारम्भ गर्न पाउँदा निकै खुसी लागेको बताईन।
सलोन एण्ड एकेडेमीले अहिले २ जनालाइ प्रत्यक्ष रोजगारी प्रदान गरेको जानकारी दिइन।सञ्चालक दुलालले डिभाइन युनिसेक्स सलोन एण्ड एकेडेमीबाट मेकअप ,हेयर,नङ लगायतका सेवाहरु प्रदान गर्ने र नया जनशक्ति उत्पादन गर्न तालिम प्रदान गरिने बताइन।

लेखकको सम्वन्धमा