होराइजन उत्सवको हाजिरीजवाफको उपाधि बि स्क्चायरलाई
- लुम्बिनी प्रेस संवाददाता
- जेष्ठ ३२, २०८०
- 419 Shares
-
बुटवल । एसईई परीक्षा दिएर बसेका विद्यार्थीहरूलाई रचनात्मक कार्यमा सरिक गराउने उद्देश्यले न्यू होराइजन इङलिस् बोर्डिङ सेकेन्डरी स्कूल बुटवलद्धारा सञ्चालित न्यू होराइजन फेस्ट अन्तरगर्त हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ । ५१ टिम सहभागी प्रतियोगितामा बि स्क्चायरले उपाधि चुमेको छ । त्यस्तै द्धितीय स्कलर्स कम्प्युटर इमिलिया र टिम चोजर तृतीय हुन सफल भएको विद्यालयका प्लस टु संयोजक प्रकाश खनालले जानकारी दिए । विजेता टिमले क्रमस १५ हजार, १० हजार ५ हजार पुरस्कार प्राप्त गरे ।
विजेता टिमलाई प्रमुख अतिथि अभिभावक संघ रुपन्देहीका अध्यक्ष लोकनाथ ज्ञवालीले पुरस्कार र प्रमाणपत्र वितरण गरे । सो अवसरमा विद्यालयका प्राचार्य लोकनाथ उपाध्याय, कार्यक्रम संयोजक प्रकाश पन्थ लगायतले बोल्दै विद्यार्थीहरुका लागि पढाईसँगै खेलकूद पनि आवश्यक रहेको बताएका थिए ।
विद्यालयले क्रिकेट, फूटसल र हाजिरीजवाफ प्रतियोगिता गरिसकेको छ । असार १ गतेसम्म विद्यालयले विभिन्न ५ वटा इभेन्ट सम्पन्न गर्नेछ । देशकै प्रतिष्ठित शैक्षिक संस्था होराइजनले विद्यार्थीको खेल प्रतिभा प्रस्फूटन गर्ने उद्देश्यले समय समयमा यस्ता प्रतियोगिताहरु गर्दै आइरहेको छ ।
प्रतिकृया दिनुहोस्
- मैनाबगरको सूर्योदय प्राविमा १६५ विद्यार्थीको मुख तथा दन्त परीक्षण
- दीप एकेडेमिमा ४ सय विद्यार्थीको दाँत, मुख तथा आँखा परीक्षण
- आधुनिक समाज डेन्टल द्वारा दीप एकेडेमीका १९४ विद्यार्थीको निःशुल्क मुख स्वास्थ्य परीक्षण
- बुटवलमा ARE GP क्वालिफायर्स, धीरजसहित तीन राइडर ग्रान्ड फिनालेमा
- कांग्रेस १५औँ महाधिवेशनमा नीमा गिरी केन्द्रीय सदस्य (महिला) उम्मेदवार
- बुटवलमा भोलि ARE जीपीको पहिलो क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने
- कपिलवस्तुमा लैंगिक उत्तरदायी तथा समावेशी शासनबारे सार्वजनिक सुनुवाइ
- बुटवल–१६ का वडा सदस्य विष्णु सापकोटा कांग्रेस प्रदेश अधिवेशन प्रतिनिधिमा विजयी
- रुपन्देही–३ बाट महाधिवेशन प्रतिनिधिमा बालकृष्ण खाँणको उम्मेदवारी
- अपाङ्गता भएका तर्फबाट महाधिवेशन प्रतिनिधिमा खिमबहादुर खड्काको उम्मेदवारी

लेखकको सम्वन्धमा