प्रेस युनियन रुपन्देहीको नवौं अधिवेशनमा पूर्वअध्यक्षहरु पोखरेल,पाण्डे र नेपाल पुरस्कृत
बुटवल । नेपाल प्रेस युनियन रुपन्देहीको २१ औं साधारण सभा तथा नवौं अधिवेशनमा तीन जना पूर्व जिल्ला सभापतिहरु पुरस्कृत भएका छन।
नेपाल प्रेस युनियन रुपन्देहीले स्थापना गरेको जि.पि. कोईराला स्मृति पत्रकारिता पुरस्कार दुई वर्षबाट दुई जना र टोप शुसिला शिक्षा पत्रकारिता पुरस्कारबाट एक जना पुरस्कृत भएका हुन।
जि.पि. कोईराला स्मृति पत्रकारिता पुरस्कार २०७८ बाट युनियनका पुर्व सभापति तथा सल्लाहकार रामराज पोखरेल, जि.पि. कोइराला स्मृति पत्रकारिता पुरस्कार २०७९ बाट पुर्व सभापति तथा सल्लाहकार भवानी प्रसाद पाण्डेय र टोप शुसिला शिक्षा पत्रकारिता पुरस्कारबाट युनियनका संस्थापन सचिव तथा सल्लाहकार माधब नेपाल पुरस्कृत भएका हुन।
उनिहरुलाइ कार्यक्रमका प्रमुख अतिथी नेपाली काङ्ग्रेस लुम्बिनी प्रदेश सभापति अमर पुन, नेपाल प्रेस युनियनका सभापति शिव लम्साल, महासचिव दिलिप पौडेल, बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डे, युनियन रुपन्देही सभापति रेखा भुसाल लगायतले पुरस्कृत गरेका हुन।

लेखकको सम्वन्धमा