प्रेस यूनियन रुपन्देहीमा नेपाल नेतृत्व सर्वसम्मत चयन,३ पदाधिकारी थपियो
Read Time:1 Minute, 20 Second
बुटवल। नेपाल प्रेस यूनियन रुपन्देहीको अध्यक्षमा कविन्द्र नेपाल निर्वाचित भएका छन् । बुटवलमा शुक्रबार अबेर सम्पन्न २१ औं साधारणसभा तथा ९ औं अधिवेशनले नेपालको नेतृत्वमा सर्वसहमत २३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।
अधिवेशनले उपाध्यक्षमा दीपक घिमिरे, समावेशी उपाध्यक्षमा कल्पना तिवारी, सचिवमा कपिल ज्ञवाली र कोषाध्यक्षमा गोविन्द बस्नेतलाई निर्वाचित गरेको छ ।
यसैगरी सीता बराल, तिलक सुवेदी र कृष्ण भण्डारी सहसचिव, र सह कोषाध्यक्षमा भुवन जिसी सर्वसहमत चयन भएका छन् ।
कार्यसमिति सदस्यहरुमा ललित पाण्डे, माधव पौडेल,सृष्टि अधिकारी भुसाल, हृदयराम गुप्ता, राहुल सापकोटा, कमला अर्याल, सुवास पौडेल, दिनेश पाण्डे, ललिता घिमिरे, तिर्सना सेन्चुरी, सिर्जना भट्टराई, मिठू खान, जयस महमद खान र ज्ञान कुमारी विक निर्विरोध निर्वाचित भएका छन् ।

लेखकको सम्वन्धमा