तिलोत्तमामा शुरु भयो एन्टी रेबिज भ्याक्सिन सेवा
बुटवल । अन्तरास्ट्रिय गुणस्तर प्रमाणीत रुपन्देहीको तिलोत्तमा नगरपालिकामा एन्टी रेबिज भ्याक्सिन सेवा शुरु भएको छ। तिलोत्तमा वडा नम्बर ६ मा रहेको आनन्दबन स्वास्थ्य चौकीमा आइतबार एक कार्यक्रमको आयोजना गर्दै नगरप्रमुख रामकृष्ण खाणले सेवा शुभारम्भ गरेका हुन।
कार्यक्रममा बोल्दै नगरप्रमुख खाणले स्वास्थ्यको क्षेत्रमा धेरै सचेतनाको अभावमा निकै समस्या देखिएको बताउदै अब सवै सचेत रहन आवश्यक रहेकोमा जोड दिए।
उनले देशको अर्थतन्त्र समेत बिग्रेको अवस्थामा स्वास्थको लागि ठूलो रकम खर्च हुने बताउदै त्यसको अन्त्यको लागि नगरपालिकाले प्रयास गरिरहेको बताए।
उनले यो स्वास्थ्य चौकिबाट धेरै सुबिधा थपिएको बताउदै १५ शैयाको अस्पतालको रुपमा परिणत गरेको बताए। रेबिजरोग जुनसुकै जनाबरको टोकाईबाट हुने भएकोले ज्यान जाने यो रोगबाट बच्न भ्याक्सिन सेवा शुरु गरिएको बताए।
उनले अन्य क्षेत्रको भन्दा तिलोत्तमा नगरबासीको औषत आयु बढी रहेको बताउदै तिलोत्तमालाई धेरै ब्यवस्थापन गरेको बताए।
तिलोत्तमा नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख ध्रुब राज घिमिरेले यो सुबिधा तिलोत्तमामा शुरु भएपछी यहि उपचारको लागि बाहिर जानुपर्ने बाध्यता अन्त्य भएको बताए।
शुभारम्भको अवसरमा २०० डोज आएको बताउदै आगामी आवश्यकता अनुसार अझै ब्यवस्थापन गर्ने बताए।

स्वास्थ्य सेवा बिभागको ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाबाट स्वीकृती पाएर प्रदेश आपूर्ति तथा ब्यवस्थापन केन्द्र लुम्बिनीले उपलब्ध भ्याक्सिन बितरण गरिने जानकारी दिए।
उनले यो सेवा प्रदान गर्नको लागि यहाका स्वास्थ्यकर्मीहरुलाई तालिम प्रदान गरेको बताउदै निशुल्क सेवा प्रदान गर्ने बताए। उनले यो भ्याक्सिन तीन डोज दिइने बताउदै पहिलो डोज टोकेको दिन, दोस्रो डोज चौथो दिन र तेस्रो सातौ दिनमा लगाईने बताए।
स्वास्थ्य चौकीका प्रमुख ज्ञान प्रसाद पौडेलले रेबिज रोग लागेपछी मान्छे बाच्न नसक्ने बताउदै सतर्क रहनुपर्ने बताउदै यो भ्याक्सिन निकै प्रभावकारी हुनेहुदा सोही अनुसार ब्यवस्थापन गर्नुपर्ने बताए।उनले नगरले अझै ब्यवस्थापन गरेमा चौकिले सर्प दम्शको उपचारको पनि तयार रहेको बताए।स्वास्थ्य चौकिमा १ जना मेडिकल अफिसर सहित १३ जना स्वास्थकर्मिहरु रहेको उनले जानकारी दिए। चौकिबाट मानसिक स्वास्थ्य परामर्श सेवा,न्युनतम खर्चमा होलबोडी चेकअप लगायतका महत्वपूर्ण सेवाहरु प्रदान गर्द आएको बताए।
कार्यक्रममा स्वास्थ्य चौकिका अध्यक्ष एव वडा नम्बर ६ का अध्यक्ष गणेश पाठक, १ अध्यक्ष पर्शुराम गिरि लगायतले बोलेका थिए।

लेखकको सम्वन्धमा