‘ लैङ्िगक अल्पसंख्यक समुदायको राज्यले संरक्षकत्व लिनुपर्छ’

‘ लैङ्िगक अल्पसंख्यक समुदायको राज्यले संरक्षकत्व लिनुपर्छ’
0 0
Read Time:3 Minute, 10 Second

बुटवल । लुम्बिनी प्रदेश सभा सदस्य एव पुर्व मन्त्री बसिउद्दिन खानले हरेक समुदायका ब्यक्तिहरुको मानवअधिकारका घटनामा राज्यले पहल गर्नुपर्ने बताएका छन।
भैरहवामा आयोजित यौनिक तथा लैङ्िगक अल्पसंख्यक समुदायको सबालमा पालिका तथा जिल्लास्तरीय २ दिने परामर्श गोष्टिको उद्घाटन गर्दै उनले लैङ्िगक तथा अल्पसंख्यक समुदायलाइ समाजले गर्ने नकारात्मक ब्यवहारलाई परिवर्तन गराउन आवश्यक रहेकोमा जोड दिए।
उनले राज्यबाट अन्य नागरिक सरह सेवा सुबिधा पाउनुपर्ने बताउदै यसमा सरकार नै जिम्मेवार रहनुपर्ने बताए।
कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेश पुर्व प्रदेश सभा सदस्य पुष्पा थरुनीले लैङ्िगक तथा अल्पसंख्यक समुदायले राज्यबाट जुन सरक्षण पाउनु पर्ने हो त्यो नपाएकाले बताउदै त्यसलाई प्रत्याभूत गराउनु पर्ने बताईन। कानुनमा सबै कुरा नसमेटिएको बताउदै पुनर्बिचार गरिनुपर्ने बताईन।उनले यो समुदायलाई राज्यले संरक्षक समेत गर्नुपर्ने बताईन।
कार्यक्रममा राष्ट्रिय मानवअधिकार आयोग लुम्बिनीका ईन्द्रजित दुबे,एक्लोलाई सहारा दिने वृक्ष समुहका अध्यक्ष अस्मिता राना,ओपन सोसाइटी परियोजनाको कार्यक्रम ब्यवस्थापक भूमिका श्रेष्ठ,लुम्बिनी प्रेस क्लव, भैरहवा उपाध्यक्ष श्याम शंकर पाण्डे लगायतले मानवअधिकारको सवालमा सबैलेपहल गर्नुपर्ने बताएका थिए।
कार्यक्रममा नागरिकताको कानुनी समस्या,वैवाहित समानताका समस्या लगायतका विषय सरोकारवाला सहित प्यानल डिस्कसन गरिएको थियो।
कार्यक्रममा समुदायले भोग्नुपरेको राष्ट्रिय स्तरका समस्याको बारेमा निलहिरा समाजकि एक्जुकेटिभ डाईरेक्टर मनिशा ढकालले कार्यपत्र प्रस्तुत गरेकी थिइन।
एक्लोलाई सहारा दिने वृक्ष समुहको आयोजना एव रुपन्देहीको ओमसतिया र रोहिणी गाउँपालिकाको सहयोगमा दुई दिने परामर्श गोष्ठी आयोजना गरिएको समुहकि लुम्बिनी प्रदेश संयोजक रेशम न्यौपानेले जानकारी दिइन।
दुई दिन सम्म ४० जना/४० जना गरि ८० जना यौनिक तथा लैङ्िगक अल्पसंख्यक समुदायका ब्यक्तिहरुको सहभागीता रहेको समुहका बिनोद बिसिले जानकारी दिए ।गोष्टि सोमबार सम्म चल्नेछ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %